अमेरिका उड्न लागेकी नर्स अनिताको शंकास्पद मृत्यु, न्यायको पर्खाईमा डेढ वर्षदेखि छट्पट्टाई रहेछन रामचन्द्र दम्पती

Uncategorized

बुटवल

बुटवलको देवीनगर होराइजनचोकका ५६ वर्षिय रामचन्द्र रेग्मी उच्च रक्तचापको रोगी हुन् । उनकी श्रीमती ५५ वर्षिया सावित्रा रेग्मीलाई पनि उच्च रक्तचाप र मधुमेहको समस्या छ । डेढ वर्ष अघि २०७८ असोज २० गते उनीहरुमाथि रोग भन्दा झन् ठूलो बज्रपात आइलाग्यो ।

अमेरिकामा जान टिकट लिइसकेर काठमाडौं जान घरबाट माइत आउने तयारीमा रहेकी छोरी अनिता मीको आफ्नै घरमा अचानक शंकास्पद मृत्यु भयो । बुटवल १२ टवाहास्थित घरमा २० वर्षकी जेठी छोरीको रहस्यमय मृत्यु भएपछि रेग्मी दम्पति छोरी वियोगमा रोगमाथि थपिएको शोकले छटपटीमा बांच्न वाध्य निर्दोष छोरीको अकालमै ज्यान गएपछि रेग्मी दम्पतीले औषधिको डोज बढाउनु पर्दा स्वास्थ्य अवस्था झन् कमजोर भएको दुःख सुनाउछन् । घटना हुनु अधि भन्दा औषधिको डोज दोब्बर बढाएर खानुपर्दा मानसिक र शारीरिक अवस्था कमजोर भएको रेग्मी दम्पत्ति बताउछन् ।

छोरीको हत्या भएको दावी गर्द रेग्मी परिवारले ६४ दिनसम्म शबको अन्त्येष्टी समेत नगरी आन्दोलन गरे । भिसेरा रिपोर्टमा अनिताको मृत्युको कारण शरीरमा विषादी पनि रहेको पुष्टि भएपछि अनिताको घरका ५ जना पुर्पक्षका लागि थुनामा गएपछि मात्र अन्त्येष्टी भएको थियो। मृतक अनिवाका बुबा रामचन्द्रले घटना

आत्महत्या नभई योजनावद्ध हत्या भएकाले सोही अनुसार निष्पक्ष नयाय भएर दोषीमाथि कानूनी कारवाही भए मात्र जनिता र आफूहरुले न्याय पाउने र पीडा कम हुने बताउछन्

छोरी वियोगको पीडाले कैयौं रात नसुतेरे बिताएकी आमा सावित्रा बताउछिन् । अनाहकमा छोरी मारिएपछि रेग्मी परिवारको ध्यान आफूहरुले गर्दै आएको व्यवसायतिर पनि गएको छैन ।

एकातिर रोगले शरीर कमजोर छ, त्यसमाथि छोरी गुमेपछि पीडामाथि पीडा थपिएको छ- सावित्रा भन्छिन्- न दिनमा भोक छ न रातमा निद्रा, १०- १५ वर्ष बढी बांचिन्थ्यो होला तर रोग र छोरीले न्याय नपाउने हो कि भन्ने पीरले चाडै मरिन्छ होला भन्ने चिन्ता छ, छोरीको ज्यान लिनेमाथि सजाय नभएसम्म हाम्रो मन शान्त हुन

अनिताकी बुबा रामचन्द्रले छोरीको घटना आत्महत्या नभई योजनावद्ध हत्या भएको दुई दर्जन भन्दा बढी आधार र प्रमाण रहेको दावी गर्छन् । उक्त घटना सुनियोजित हत्या हो भन्ने प्रमाणहरु जुटाएर मोटो किताब बनाई छोरीको न्यायका लागि सञ्चारमाध्यम र विभिन्न निकाय धाउंदै दिन बिताइरहेको सुनाउँछन् ।

‘छोरीको हत्या भएको हो, आत्महत्या हुँदै होइन – रामचन्द्र भन्छन्- ‘विषादी खुवाएर लाएपछि दुई जना वा दुई जना भन्दा धेरै मान्छेले उठाएर झुण्डाएको हो, उनीहरुलाई कारवाही र न्यायको पखाईमा डेढ वर्षदेखि तपिंदै बाँचेका छौं

सुमन खनालसँग २००५ माघ ४ गते मागी विवाह गरेकी अनितालाई गहना (सुन) र दाइजोका कारण हत्या गरिएको रेग्मी दम्पतिको ठम्याई छ । घटनामा संलग्न रहेको अभियोगमा ५ जनाविरुद्ध किटानी जाहेरी परेकोमा मृतकका सासु शान्ता खनाल, देवर मनोज खनाल, मदन खनाल र सासुकी दिदीको छोरी रूपा घिमिरे पक्राउपछि थुनामा थिए तर रुपा ३ लाख धरौटीमा रिहा भएकी छन् भने अनिताका श्रीमान् सुमन खनाल अमेरिकामा सम्पर्कविहीन छन् ।

उनीहरुमाथि कर्तव्य ज्यान मुद्दामा किटानी जाहेरी परेको छ रेग्मी दम्पत्तिले छोरीको सम्झनामा त्रिवेणी धाममा गएर लाख बत्ती जलाएर चित्त बुझाउने प्रयास तर घटना मुटुमै गडेकाले निरन्तर वैचेनी हुने गरेको रामचन्द्र सुनाउँछन् ।

‘दुबै छातीमा किला गढ़ें जत्तिकै पीडा छ, एउटा छातीमा छोरीको अर्को छातीमा छोरीको हत्या गर्ने गजस्तो हुन्छ – गहभरि आशु झार्दै रामचन्द्र भन्छन्- ‘कम्तीमा योजनाबद्ध हत्या गर्नेलाई कानुन अनुसार सजायको फैसला भए भने मात्र छातीमा गडेको किला निस्केर राहत र न्यायको अनुभूति हुने थियो ।”

विषादी सेवन गराई लठ्याएर झुण्ड्याई हत्या गर्ने घटनाहरु बढेका तर पोष्टमार्टम रिपोर्टमा झुण्डिएको मात्रै देखिने गरेकाले आफूहरुले भिसेरा जांच समेत गराउदा शरीरमा फस्फाइन नामक विषयुक्त न्यास रहेको पुष्टी भएकाले यो मुद्दामा निष्पक्ष फैसला भई अनिताले न्याय पाउनुपर्ने परिवारको माग छ ।

विधि विज्ञान प्रयोगशालाको भिसेरा रिपोर्ट अनुसार अनिताको पेट, मिर्गौला र कलेजोमा फस्फाइन नामक विषादीयुक्त ग्यास रहेको पुष्टी भएको छ। प्रहरीका अनुसन्धान अधिकृतहरुका अनुसार कुनै पनि व्यक्तिले आत्महत्या गर्दा दुई वटा विधि प्रयोग गर्दैन, एउटै मात्र गर्छ । तर यो घटनामा विषको प्रयोग र झुण्डिएको देखिनुले आत्महत्या नभई हत्या गरिएको आशंकालाई धेरै बल पुगेको छ

मुद्दाको निष्पक्ष फैसला भई अनिवाले न्याय पाएको खण्डमा भविष्यमा यस्ता योजनावद्ध घटनामा कमी आउने र धेरै छोरी बुहारीहरुको ज्यान जोगिने उनको तर्क छ अनितालाई गिलासमा अलिकति चिया दिइएको पुष्टी भएको र चियामा विष मिसाइएकाले भिसेरा रिपोर्टमा उनको मिर्गौला, कलेजो र पेटमा फस्फाइन व्यास देखिएको छ

फरफाइन ग्यास शरीरमा कुनै प्रकारको खाना खाएमा मात्र देखिने चिकित्सकको रिपोर्टमा उल्लेख छ घटना हुनु बिहान १२ बजेसमा अनिताले आमा बुबा, दाजु र बहिनीसंग फ्रेस मुडमा भिडियोकलमा कुराकानी गर्दै घरबाट विदा भएर माइत आउँछु भनेकी तर एक घण्टा नबित्दै मृत फेला पर्नुले आत्महत्या हुन नसक्ने बुबा रामचन्द्रको तर्क छ।

रामचन्द्रका अनुसार अनिताको मृत्यु आत्महत्या नभएको २४ कारण यस्ता छन्

१. मेडिकल रिपोर्टमा घांटीमा रसीको डाम २९ सेन्टिमिटर लामो २२ सेन्टिमिटर चौडा एराउण्ड द नेक (घाँटी वरिपरि गोलो था औ आकारमा हुनु) देखिनु आफैँ झुण्डिएको केसमा रसी (पासा) को डाम युवा भी शेषमा हुन्छ तर गोलो हुदैन २ प्रहरी मुचुल्कामा १२ इन्च लम्बाई र १ इन्च चौडाईको कडा डाग बाया कानको तल आई जोडिएको अर्थात ओ आकारको रहेको

३. मेडिकल रिपोर्टमा नाकमा सेतो फिज देखिएको ४. पंखा अग्लो रहेकाले आफै डोरी बांध्न असम्भव ५ कोठाको झ्याल तथा ढोका खुल्ला चुकुल नलगाएको अवस्थामा र कोठाको अवस्था लथालिंग हुनु । ६. अनिताले लगाएको मंगलसूत्र चुँडिएर ४५ फिट टाढा हुनु गहना राख्ने डिब्बा कोठामै खुल्ला अवस्थामा रहनु । आफै आत्महत्या भएको भए मंगलसुत्र घाटीमै हुनुपर्ने, कसरी चुडिएर भुईमा खस्यो

१०. पंखामा कपालका रौं देखि ८ घटनाअघि सासु शान्ता खनाल सुनका गहनाको बिल लिन भनी रिसाउदै बुटवल जानु। ९ श्रीमान सुमनले गरेका म्यासेजहरु । १०. अनिताको मुहार हासी खुशी र उत्साहित अवस्थामा देखिनु आफै आत्महत्या गर्ने व्यक्ति निराश र चिन्तित मुद्रामा हुन्छन् । ११. सोही दिन २० गते दिउसो माइती घर जाउन तयारी अवस्था र २३ गते ने अमेरिका फ्लाइटका लागि टिकट फिक्स।

१२. घटनाका बखत शान्ता खनालले बुहारीले पकाएको नखाएको २ वर्ष भयो भनी मारेर पनि आवेग शान्त नभएको भाव प्रदर्शन गरेको १३. सूचना दिने रुपा घिमिरेले अस्पष्ट र दोहोरी सूचना दिएको १४ देवर मनोज खनालले घटना हुँदा एनआईसी एशिया लघु वित्तको अफिस कोटिहवामा छु भनेको तर प्रहरी

अनुसन्धानमा टेलिफोन लोकेसन ट्र्याक (सीडीआर रिपोर्ट) मा घटनास्थल उबाहामा रहेको पुष्टी भएको र उनी घटनाको ८ महिनासम्म फरार रहेर पछि रुपा पक्राउपछि प्रहरीमा आत्मसमर्पण गरेको ।

१५. मृतकले कम्मरमा च्यापेको टिसर्ट तल नहार्नु आफै झुण्डिएको भए शरीर तन्किंदा टिसर्ट तानिएर तल झार्नुपर्दथ्यो १६ रुपाले मृतकलाई चिया लिई गएको बताएकी तर चिया पिंधमा थोरै मात्र रहेको भिसेरा रिपोर्टमा विषादी भएको पुष्टी १७. अदालतमा बयान दिँदा झ्यालमा गएर बोलाएको भन्ने इयान गरेको तर प्रहरी मुचुल्कामा झ्याल समेत खुला रहेको सो बयान झुठो सावित भएको

१२. थाइराइड ग्रन्थी फ्याक्चर नभएको आफै झुण्डिएको भए शरीरको झड्का परेर फ्याक्चर हुनुपर्ने २० आत्महत्याको सर्वमान्य सिद्धान्त बमोजिम आत्महत्या भए घटनास्थलमा मल मुत्र ( पुरुष भए बिर्य) बिसर्जन हुनुपर्ने, तर केही छैन प्रहरी मुचुल्कामा २१ त्यति अग्लो पंखामा कसरी झुण्डिन सकिन् भनेर सोच्दा देवर मनोज रहनाले मेरो कोठामा आल्मुनियम भञ्ज्याङछ त्यही भञ्ज्याङ लिएर

झुण्डिई होलिन् भनेको तर प्रहरी मुचुल्कामा भयाङ उनकै कोठामा रहेको उल्लेख छ 1 सो भ¥याङ उनको कोठामा कसरी गयो ? २२. मृतकको डायरीमा टिपोट भएका श्रीमान्का दुराशययुक्त भनाईहरु २३. मदनले घटनास्थलको कुर्सी उत्तर दक्षिण फर्केर रहेको छ भनेर झुठो बयान दिएको तर यथार्थमा पुर्व पश्चिम रहेको पुष्टी २४ पासोको गाठाको प्रकृति पंखा र घाटीमा अलग अलग हुनु आफैले गाठो पारेको भए एउटै मान्छेले एउटै प्रकृतिको पाथ्र्यो ।

तसर्थ दुई वा दुई भन्दा बढी व्यक्तिले आफ्नो तरिका अनुसार अलग अलग प्रकृतिको गाठो पारेको नोट हामीले यो खबर बुटवल टुडे बाट साभार गरेका हौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *