बागलुङमा अन्तरजातिय विवाह गर्दा बलात्कार मुद्धा, प्रहरी हिरासतमा प्रभात बस्याल

Uncategorized

बागलुङ । करिब एक महिना अगाडि बागलुङ नगरपालिका- ९ तित्याङका २३ वर्षीय प्रभात बसेल म्याग्दीकी २२ वर्षीया युवती (प्रहरीले दिएको नाम ४३४०) लाई लिएर भारत पुगे ।strong यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोलाstrong

युवतीका परिवारको ताकेतापछि उनीहरु दुवै फर्किए । प्रहरीमा दुई पक्षबीच मिलापत्र पनि भयो । तर, घटना साम्य हुनुको साटो झनै पेचिलो बनिरहेको छ । मिलापत्र भएको केही समयमै युवतीले युवकविरुद्ध प्रहरीमा किटानी जाहेरी दिएपछि विवादले नयाँ रुप लिएको हो ।

युवती आफैं बैदाम प्रहरी कार्यालयमा उपस्थित भएर प्रभातमाथि अपहरण, शरीर बन्धक र जबरजस्ती करणीको आरोपमा जाहेरी दिएकी छन् । उनको जाहेरीपश्चात प्रहरीले प्रभातलाई पक्राउ गरेर हिरासतमा राखेको छ । सामाजिक सञ्जालमा प्रभातमाथि अन्याय भएको भन्दै धेरैले आवाज उठाएका छन् । यसलाई जातीय भेदभावसँग पनि जोड्न खोजिएको छ । युवक कथित तल्लो जातका र युवती कथित उपल्लो जातकी हुन् ।strong यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोलाstrong

यो घटनालाई लिएर खडा भएको मूल प्रश्न हो- केटा र केटीबीच प्रेम थियो वा थिएन ? दुवैको बयानअनुसार दुई वर्ष अघिबाट उनीहरु निकट भएका थिए । ४३४० ले आफूहरु राम्रो साथी भए पनि प्रेममा नरहेको दाबी गरेकी छन् । प्रभातले भने आफूहरुबीच गहिरो प्रेम रहेको बताएका छन् । घटना विवरण र तथ्य-प्रमाणका आधारमा उनीहरु कुनै न कुनै समय प्रेममा थिए भन्ने निष्कर्ष निकाल्न सकिन्छ । तर, जातीय विभेदकै कारणले उनीहरुलाई अलग गर्न खोजिएको र युवतीले मुद्दा हालेको भने अनुसन्धानबाट नदेखिएको प्रहरीले जनाएको छ ।

प्रभातको बयानअनुसार युवतीको परिवारले विवाह गराइदिने आश्वासन दिएर नेपाल बोलाएका थिए । तर, नेपाल आइपुग्नासाथ उनीहरुलाई प्रहरीले नियन्त्रणमा लियो । पोखराको वडा प्रहरी कार्यालय बैदाममा युवतीका परिवार र प्रभातका निकटस्थलाई राखेर प्रहरीले छलफल गराएको थियो । छलफलपछि भएको मिलापत्रमा दुवैजना अब आआफ्नो बाटो लाग्ने र एक-अर्काको करिअरमा दख्खल नदिने उल्लेख भएको युवतीले बताएकी छन् ।strong यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोलाstrong

मिलापत्रपश्चात युवतीलाई परिवारले र प्रभातलाई साथीले जिम्मा लिएका थिए । प्रभातको बुवासँग राम्रो सम्बन्ध नरहेको र आमा बितिसकेकी हुँदा पारिवारिक रुपमा उनी एक्लो छन् । प्रभात युट्युबर हुन् ।

‘छोरी हराएको भनेर उजुरी परेपछि हामीले खोजी गर्‍यौं, उनीहरु भेटिएपछि परिवारको जिम्मा लगायौं’, बैदाम प्रहरी प्रमुख डीएसपी वेद जोशीले भने । त्यसपछि उनीहरु दुवै आ-आफ्नो घर गए । तर, केही दिनपछि उनै युवतीले प्रभातविरुद्ध उजुरी हालिन् र प्रहरीले जेठ ७ गते प्रभातलाई पक्राउ गर्‍यो । अहिले उनलाई जबरजस्ती करणीको मुद्दामा जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा राखेर अनुसन्धान भइरहेको छ ।strong यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोलाstrong

जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डीएसपी श्रवणकुमार विकले प्रभातमाथि अनुसन्धान भइरहेको बताए । ‘म्याग्दीबाट पक्राउ गरी अनुसन्धानका लागि पोखरा ल्याइएको छ, हामीले अनुसन्धान गरिरहेका छौं’, उनले भने ।

प्रभात पक्राउ परेपछि उनको पक्षमा सामाजिक सञ्जालदेखि सडकसम्म आवाज उठ्न थालेको छ । संसदमा समेत यो विषय उठेको छ । पहिलोपटक प्रतिनिधिसभामा एक सांसदले घटनाको सत्यतथ्य छानबिन गरी प्रभातलाई न्याय दिन माग गरिन् । उनले प्रभातमाथि जातकै कारणले झूटो मुद्दा दर्ता गराएको दाबी गरेकी थिइन् ।strong यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोलाstrong

गण्डकी प्रदेशसभा सदस्य नन्दकला दमाई नेपालीले पनि प्रभातविरुद्ध जातीय विभेद भएको भन्दै न्याय दिन सरकारलाई आग्रह गरेकी छन् । गण्डकी प्रदेशसभाको बुधबारको बैठकको शून्य समयमा बोल्दै नेपालीले प्रेम सम्बन्धलाई जातसँग जोडिएको बताइन् ।

जबरजस्ती भारत पुर्‍याएको ४३४० को दाबी

जाहेरवाला युवतीका अनुसार पहिले निकट साथी भए पनि केही समयदेखि उनीहरुको सम्बन्ध बिग्रेको थियो । कुनै कुरामा झगडा भएपछि आफूले सबैतिर प्रभातलाई ब्लक गरेको उनले बताएकी छन् । ४३४० भन्छिन्, ‘मैले फेसबुक, इन्स्टा सबैतिर ब्लक गरिदिएपछि ऊ रिसाएको थियो । एकपटक मेरो घरमै आएर ढुंगाले झ्यालसमेत फुटाएको थियो । मेरो फोटो र भिडियोहरु पब्लिक गरिदिने धम्की पनि दिएको थियो ।’strong यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोलाstrong

आफ्नोबारेमा नराम्रा कुराहरु गर्दै हिँडेपछि प्रभातलाई भेट्न बोलाएको उनी बताउँछिन् । घर नजिकै आएपछि भेट्न जाँदा मोटरसाइकलमा राखेर हिँडेको उनको भनाइ छ ।strong यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोलाstrong

उनले भनेकी छन्, ‘ऊ मेरो घर नजिकै आएपछि गेट फोर्ला भनेर मलाई डर लाग्यो । म उसलाई भेट्न ओर्लिएँ । उसले मलाई कतै बसेर छलफल गरौं भनेर फकायो । म उसको बाइकमा बसें । बाइक एकदमै स्पिडमा कुदायो । पोखरा पुग्नु अगाडि एउटा होटलमा राख्यो । कालो चिया खान दियो । चिया खाएपछि के-के भयो, मलाई थाहा भएन । दिमाग पूरै शून्य भयो । ब्युँझिदा शरीरको तल्लो भाग एकदमै दुखिरहेको थियो । दुवै जनाको शरीरमा कपडा थिएन ।’

ब्युँझिएपछि पानी पिउन दिएको र पानी पिएपछि आफू फेरि बेहोश बनेको युवतीको दाबी छ । बेहोशी अवस्थामा नै काँकडभिट्टा पुर्‍याएको उनले बताएकी छन् । काँकडभिट्टामा एउटा होटलमा राखेको र भोलिपल्ट नाका कटाएर भारतमा रहेका आफन्तकोमा लगेको पनि उनको बयान छ । तर, प्रभातका निकटस्थहरु भने नेपालदेखि बेहोशी अवस्थामा भारत पुर्‍याउन सम्भव नै नहुने बताउँछन् । युवतीले आफूसँग नागरिकता र प्लस टुको प्रमाणपत्रसमेत बोकेर तयारीसाथ हिँडेको दाबी पनि गरिएको छ ।strong यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोलाstrong

उनीहरु भारतको कोलकातामा प्रभातको मामा-माइजूकहाँ बसेका थिए । त्यहाँ पुगेको केही दिनमा ४३४० ले आफ्नी आमालाई मोबाइलमा पठाएको म्यासेज सार्वजनिक भएको छ । त्यसमा उनले गर्न नहुने काम गरेको भन्दै क्षमा मागेकी छन् । प्रभातलार्ई स्वीकारेको खण्डमा घर आउने, अन्यथा आफूलाई बिर्सिदिन आग्रह गरेकी छन् ।

तर, प्रहरीसँगको बयानमा ४३४० ले सो म्यासेज आफूले लेखेको स्वीकार गरेकी छैनन् । नेपालबाट भागेदेखि नै आफ्नो मोबाइल प्रभातले कब्जामा लिएको र आमालाई म्यासेज पनि प्रभातले नै लेखेको उनको भनाइ छ ।strong यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोलाstrong

‘मेरो अकाउन्टबाट उसले म्यासेज लेखेको हो, मलाई केही थाहा थिएन’, उनले भनेकी छन् । सो म्यासेज पठाएपछि ४३४० की आमाले नेपाल फर्किन आग्रह गरेकी थिइन् । प्रभात पनि तयार भए । तर, नेपालमा उनलाई प्रहरीले पर्खिरहेको थियो । प्रहरीमा मिलापत्र गरेर आआफ्नो घर लागेपछि पनि प्रभातले निरन्तर टर्चर दिएको ४३४० को गुनासो छ ।

‘प्रहरी कार्यालयबाट परिवारको जिम्मा लगाएपछि पनि धेरै टर्चर दिन थाल्यो । कहिले फोटो सार्वजनिक गरिदिन्छु भन्ने, कहिले भिडिओ सार्वजनिक गरिदिन्छु भनेर धम्की दियो । परिवारलाई पनि धेरै असर गरेपछि बाध्य भएर उजुरी दिएकी हुँ’, उनले भनेकी छन् ।strong यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोलाstrong

प्रभातका साथीहरुले भने उनीहरु दुई वर्षदेखि प्रेममा रहेको बताएका छन् । परिवारले उनीहरुको प्रेम स्वीकार नगरेको र प्रभातविरुद्ध जाहेरी दिन छोरीलाई बाध्य बनाएको उनीहरुको अनुमान छ । यद्यपि, प्रहरीले भने युवतीको जाहेरी स्वःस्फुर्त भएको बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *