कुमारी आमा भनेर चिनिएकी निहारिका राजपुत आफ्नै कोठामा अचेत अवस्थामा भेटिइन्

Uncategorized

जनकपुरधाम । श्रीमान शिवराज श्रेष्ठसँग मिलापत्र गरेर मिलेर बसेका कुमारी आमा भनेर चिनिने निहारिका राजपुत आफ्नै कोठामा अचेत अवस्थामा भेटिएकी छन् ।strong यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोलाstrong

जनकपुरधाम उपमहानगरपालिका–४ स्थित उनको आफ्नै डेरामा अचेत अवस्थामा रहेकी उनलाई प्रहरीले तत्काल खबर पाएसँगै उद्दार गरी प्रादेशिक अस्पताल पुर्याएको छ ।

स्थानीयले निहारिका डेरामा छटपटाई रहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । लगत्तै प्रहरीले गाडीमा राखेर उनलाई अस्पताल पुर्याएको थियो ।

निहारिकालाई के भएको हो भन्ने खुल्न नसके पनि विष सेवन गरेको आशंका गरिएको छ। पछिल्लो समय निहारिका र शिवराजको सम्बन्धमा पुनः दरार पैदा भएको बताइएको छ । श्रीमानसँग सम्बन्धमा खटपट भएसँगै निहारिका छोरा च्याँपेर जनकपुरधाममा डेरामा बस्दै आएको बताइएको छ ।strong यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोलाstrong

यसअघि निहारिका र शिवराजको सम्बन्धबारे मिडियादेखि सामाजिक सञ्जाल ताँतेको थियो । दुईबीच प्रेमको चक्कर चलिरहेको बेला निहारिका गर्भवती भएपछि शिवराजले पेटको बच्चा स्वीकार्न तयार नभएपछि निहारिकाले शिवराजविरुद्ध बलात्कार मुद्दा दर्ता गर्राएकी थिइन् ।

तर, उनको आवाज नसुनिएपछि छोरालाई काखमा च्याँपेर धर्नामा समेत बसिन् । तीन वर्षपछि अदालतले शिवराजलाई निर्दोष साबित गर्यो र बच्चा र शिवराजको डिएनए परीक्षण गर्न अदालतले आदेश दियो डिएनए परीक्षण गर्दा शिवराज र बच्चाको डिएनए मिलेपछि ०७९ माघ १७ मा जिल्ला अदालत धनुषामा शिवराज र निहारिकाले श्रीमान–श्रीमतीको रुपमा बस्ने भन्दै अब हल्ला नगर्ने भन्दै मिलापत्र गरेका हुन् ।strong यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोलाstrong

आफूलाई श्रीमान–श्रीमती स्वीकारेपछि उनीहरुले जानकी मन्दिरमा गएरविवाह पनि गरे । तर, आमाको मुख हेर्ने दिन अर्थात मातातीर्थ औँसीकै दिन निहारिका खाटमा अचेत अवस्थामा भेटिएकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *