भखर्रै हेर्नुहोस् दैलेखमा ग्यास सिलिन्डर बोकेको ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु

Uncategorized

दैलेख । नेपालगन्जबाट ग्यास सिलिन्डर बोकेर दैलेख जाँदै गरेको ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

दैलेखको गुराँस गाउँपालिका – ४ तालपोखरीस्थित सुर्खेत-दैलेख सडक खण्डमा भे १ क २२०१ न‌म्बरको ट्रक बुधबार बिहान ८ : ४० बजे दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।

सडकको माथिल्लो मोडबाट करिब १५० मिटर तल तल्लो मोडमा ट्रक खस्दा चालकसहित तीन जनाको मृत्यु भएको हो ।

ट्रक चालक ३१ वर्षीय कृष्ण चौधरी, २५ वर्षका लक्षिराम चौधरी र अन्दाजी २३ वर्षका विष्णु चौधरीको मृत्यु भएको दैलेख प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार सहचालक प्रकाश कुमाई भने सकुशल छन् । उक्त ट्रकले मनकामना ग्यास सिलिन्डर बोकेको थियो । दुर्घटनापछि उक्त सडक खण्ड अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *