बेहुलाका बाबुसहित विवाहको जोडी मण्डपबाटै पक्राउ कारण यस्तो रहेछ

Uncategorized

विवाह मण्डपमा टीका लगाउने कार्य चलिरहेका बेला मण्डपमै प्रहरीको गाडी आइपुग्यो । एकाएक बेहुला र बेहुलीसहित आफन्तजनलाई प्रहरीले गाडीमा राखेर लग्यो ।बालविवाह गरेको अभियोगमा धनकुटा नगरपालिका ४ देब्रेबासस्थित विवाह मण्डपबाटै सोमबार प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।strong यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोलाstrong

पक्राउ पर्नेमा १९ वर्षीय बेहुला नरेश मङराती, १५ वर्षीया बेहुली सफला खड्का र बेहुलाका बाबु कृष्ण मङराती छन्बेहुलीका बाबु आशिकका अनुसार उनीहरूबीच गत वैशाख १ गते बागेर अन्तर्जातीय विवाह भएको थियो । धनकुटा नगरपालिका ६ कचिडे घर भएका बेहुली पक्षले कम उमेर भएका कारण विवाह नगर्न दबाब दिए पनि केटाकेटीले भागेर विवाह गरेको बताएका छन् ।strong यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोलाstrong

सम्झाइ बुझाइ गर्दा पनि केही लागेन,’ आशिकले भने ।बेहुलाकी आमा मैया भने आफू निरक्षर रहेको र कसैले पनि बालविवाहबारे जानकारी नदिएको बताउँछिन् । बेहुलाकी आमा मैया र बाबु कृष्ण सामान्य मजदुरी गरेर जीविकोपार्जन गर्दै आएका छन् ।strong यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोलाstrong

जिल्ला प्रहरी प्रवक्ता डीएसपी नरेन्द्र कुवँरले केटाकेटीको उमेर २० वर्षभन्दा कम भएकाले कानुन अनुसार प्रक्रिया अघि बढाइने जानकारी दिएका छन् । मंगलबारदेखि अदालती प्रक्रिया अघि बढ्ने उनले बताए । यस घटनामा अभिभावकहरू पनि अनुसन्धानको दायरामा पर्ने उनको भनाइ छ । ।strong यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोलाstrong

Leave a Reply

Your email address will not be published. Required fields are marked *