दाङका ८ तीर्थयात्रीको प्युठानमा भएको जिप दुर्घटनामा मृत्यु

Uncategorized

दाङ : दाङको घोराही १० नारायणपुरबाट प्युठानको स्वर्गद्वारी तीर्थयात्राका लागि गएका ८ जनाको जिप दुर्घटनामा मृत्यु भएको छ । प्युठानको स्वर्गद्वारी नगरपालिकाको भिग्री नजिकै लु १ च ६३४५ नम्बरको जिप दुर्घटना हुँदा ४ बालबालिका सहित ८ जनाको मृत्यु भएको लुम्बिनी प्रदेश प्रहरी प्रमुख डीआइजी उमेशराज जोशीले जानकारी दिए । strong यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोलाstrong

उनका अनुसार दुर्घटनामा परी मृत्यु हुनेमा दाङको तुलसीपुर १५ कोठरीका ३५ वर्षीया सरिता शर्मा पोखरेल, उनका १४ वर्षका छोरा विशाल पोखरेल र ९ वर्षका विकास पोखरेल, दाङको गढवा गाउपालिका ५ बाँकीका ४० वर्षीय गोविन्द शाह, उनकी श्रीमती ३० वर्षीया श्रीमती राधा नेपाली, र उनीहरूकै ९ वर्षका छोरा आदित शाह र गाडी चालक लमहीका ४९ वर्षीय तारा बहादुर कुमाल रहेका छन् , अर्का एक जनाको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । strong यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोलाstrong

स्वर्गद्वारी मन्दिरको दर्शन गरी फर्किने क्रममा प्युठानको स्वर्गद्वारी नगरपालिका ४ भ्यागुते स्थित भिग्री स्वर्गद्वारी सडक खण्डमा भिग्रीतर्फ आउँदै गरेको लु १ च ६३४५ नम्बरको जिप सोमबार दिउँसो साढे ३ बजेतिर भीरबाट खसेको थियो । कारमा २ महिला २ पुरुष र ४ जना बालकहरू सवार रहेका थिए । दुर्घटनामा परि गम्भिर घाइते भएका उनीहरूलाई उपचारको लागि जिल्ला अस्पताल बिजुवार लगिएको भएयता पनि उनीहरूको उपचारको क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ । strong यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोलाstrong

Leave a Reply

Your email address will not be published. Required fields are marked *