पाँचथरमा ट्याक्टरबाट खसेर विद्यालय गइरहेका दिदी–बहिनीको मृत्यु

Uncategorized

पाँचथर । पाँचथरमा ट्याक्टरबाट खसेर विद्यालय गइरहेका दुई विद्यार्थी (दिदी–बहिनीको) ज्यान गएको छ । आज (बुधबार) मेची राजमार्गअन्तर्गत पाँचथरको हिलिहाङ गाउँपालिका–७ भारपाको साम्मेवामा मे १ त २९६१ नम्बरको ट्याक्टरबाट खसेर दिदीबहिनीको ज्यान गएको हो ।ट्याक्टरबाट खस्दा स्थानीय कमल सुवेदीका छोरीहरू १२ वर्षीया पुजना र १० वर्षीया गंगाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । strong यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोलाstrong

उनीहरू दुवै जना स्थानीय जयभवानी माविमा कक्षा ८ र ४ मा अध्ययनरत थिए ।चालक सिटको छेउमा रहेका उनीहरू ट्याक्टरबाट खसेपछि चक्काले किचेर ज्यान गएको प्रहरीले जनाएको छ ।strong यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोलाstrong

दुई विद्यार्थीको ज्यान गएपछि चालकले ट्याक्टर छाडेर फरार भएका छन् । अन्य दुई जना विद्यार्थी पनि घाइते भएका छन् । घाइतेहरूको पाँचथर जिल्ला अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक दिवस कुवँरले जानकारी दिए ।strong यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोलाstrong

Leave a Reply

Your email address will not be published. Required fields are marked *