२३ वर्षीया महिलाले आफ्नै शरीरमा आगो लगाए पछि ….

Uncategorized

मध्यविन्दु । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को गैँडाकोटमा एक महिलाले आफ्नै शरीरमा आगो लगाएकी छन् ।आज दिउँसो करिब ३ बजे चितवन घर भई गैँडाकोट–२ एसपिएम चोक नजिक डेरामा बस्दै आएकी २३ वर्षीया कञ्चन कुमालले शरीरमा आगो लगाएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) का प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलले बताए ।strong यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोलाstrong

श्रीमानसँग सामान्य झै–झगडा हुँदा आफ्नै कोठामा भित्रबाट चुकुल लगाई शरीरमा पेट्रोल छर्की आगो लगाई घाइते भएको पौडेलले बताए । उनको अनुहारलगायत शरीरको माथिल्लो भाग जलेको प्रहरीले जनाएको छ । घाइते कुमालको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले घटनाका विषयमा अनुसन्धान गरिरहेको प्रहरी नायब उपरीक्षक पौडेलले बताए ।strong यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोलाstrong

Leave a Reply

Your email address will not be published. Required fields are marked *