डोटीका एक मेयरले गरे स्वकीय सचिवमाथि खुकुरी प्रहार

Uncategorized

डोटीः डोटीको शिखर नगरपालिकाका नगर प्रमुख दिर्घ बलायरले आफ्नै स्वकीय सचिव राजेश ठगुन्नामाथि खुकुरी प्रहार गरेको आरोप लागेको छ। मेयर बलायरको सचिवालयमा काम गर्दै आएका राजेश ठगुन्नाले आफूमाथि खुकुरी प्रहार भएको समाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएका छन्।strong यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोलाstrong

ठगुन्नाले आफ्नो टाउकोमा चोट लागेर अस्पतालमा भर्ना भएको फोटोसमेत सार्वजनिक गरेका छन्। घटनाको बारेमा कुनै प्रक्रियागत जानकारी प्राप्त नभएको र सामान्य बुझ्दा स्वकीय सचिव ठगुन्नाले नगर प्रमुखको गाडीमा तोडफोड गरेको र ठगुन्नामाथि खुकुरी प्रहार नभएकोे जिल्ला प्रहरी कार्यालय डोटीले बताएको छ।

cp
घटना के कारणले भएको हो भनेर अहिलेसम्म पुष्टि हुन नसकेको डोटी प्रहरीले बताएको छ। घटनाका सम्बन्धमा बुझ्न मेयर बलायरलाई फोन गर्दा उनको मोबाइल अफ रहेका कारण सम्पर्क हुन सकेन। strong यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोलाstrong

राजेशले फेसबुकमा गरेका केही पोस्टहरू

Leave a Reply

Your email address will not be published. Required fields are marked *