धनकुटाकाे छिन्ताङदेवी मन्दिर : जहाँ साझ मात्र पुजाका लागि खाेलिन्छ : जहाँ आगो कहिल्यै निभ्दैन

Uncategorized

धनकुटा । मन्दिरमा प्रायः बिहान पूजा शुभारम्भ गरी दिनभरि दर्शनार्थीका लागि खुला राख्ने गरिन्छ तर धनकुटाको शहीदभूमि गाउँपालिका वडा नम्बर ३ स्थित छिन्ताङदेवी अर्थात् जल्पादेवी मन्दिर दिनभरि बन्द हुन्छ साँझ परे पछि पूजाका लागि खोलिन्छ ।strong यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोलाstrong

देशका विभिन्न धार्मिक स्थल तथा मन्दिरहरूमा बिहान धूमधाम साथ पूजा भइरहँदा धनकुटास्थित छिन्ताङदेवी अर्थात् जल्पादेवीको मन्दिर भने बन्द हुन्छ तर जब अन्य मन्दिर साँझको पूजापछि बन्द हुन थाल्छन् । तब यो मन्दिर खुल्छ अनि पूजाअर्चना हुन्छ । यही छुट्टै विशेषताका कारण देशका अन्य मन्दिर भन्दा यो मन्दिर फरक बनेको छ ।

शहीदभूमि गाउँपालिका वडा नम्बर ३ छिन्ताङमा रहेको यो मन्दिरमा साँझ परेपछि दर्शनार्थीको भिडभाड बढ्छ र राती अबेर सम्म पूजा हुन्छ । यो मन्दिरमा बेलुका पूजा हुने चलन नयाँ भने होइन । पहिले देखि नै यस्तै चलन रहिआएको मन्दिर व्यवस्थापन समितिका पूर्वअध्यक्ष यो गेन्द्र राई बताउनुहुन्छ ।strong यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोलाstrong

यो मन्दिरमा औसी र आइतबार बाहेक सधैँ नियमित पूजा बेलुका ५ बजे पछि मात्र हुने गरेको छ । उहाँका अनुसार यो मन्दिरका दुई दिदीबहिनी छन् । सङ्खुवासभा जिल्लामा रहेको दिदीको बिहान र दिउँसो पूजा हुने गरेकाे छ भने त्यहाँ पूजा सम्पन्न भएपछि मात्र यहाँ पूजा सुरु हुने गर्छ ।

बेलुकी पूजा हुनुबाहेक यो मन्दिरको अरू पनि केही फरक विशेषता रहेको स्थानीयवासी बताउछन। यो मन्दिर रहेको स्थानमा एक अनौठो प्रजातिको रुख छ । त्यही रुखको फेदमा मुख्य देवीको बसोबास रहेको विश्वास गरिन्छ ।तर सो रुख कुन प्रजातिको हो र कति पुरानो हो भनेर अहिलेसम्म पत्ता लाग्न नसकेको स्थानीय बासिन्दाको दाबी छ ।strong यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोलाstrong

सो रुखको बीचमा एक कर्कलोको पात छ । त्यो पात नकहिले मर्छ न कहिले सुक्छ । त्यस्तै रजस्वला हुने उमेर समूहभन्दा माथिका महिलालाई यो मन्दिर प्रवेशमा निषेध गरिएको छ । सुक्खा ग्रस्त यो क्षेत्रमा मन्दिर आसपास भने पानीका मूल प्रशस्त रहेका छन् । दैवी शक्तिकै कारण मन्दिरमा यस्तै अनौठो कुरा रहेको स्थानीय सूर्यप्रकाश विश्वकर्मा बताउछन ।

यो मन्दिरमा नियमित दर्शन गर्न देशका विभिन्न स्थानबाट दैनिक सयभन्दा बढी भक्तजन आउने गरेका छन र मन्दिरमा सुँगुर , खसीबाहे क परेवा, कुखुरा बोका, हाँस र राँगाको बली चढाइने गरिन्छ । त्यस्तै यहाँको अर्को विशेषता भनेको यहाँ धुनीको रूपमा रातदिन कहिले पनि ननिभ्ने गरी आगो बालिने गरिन्छ । गाेरखा पत्र दैनिकमा खबर छ ।strong यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोलाstrong

Leave a Reply

Your email address will not be published. Required fields are marked *