नेपालगन्जमा सशस्त्रको दादागिरी : सशस्त्रद्धारा महिलामाथि हातपात, बच्चाको आँखा फुट्यो

Uncategorized

बाँके । नेपालगन्जको चौलिका चोकमा सशस्त्र प्रहरीले स्थानीयमाथि हातपात गरेको छ, भने एकजना बालकको आँखा फुटाइदिएको छ ।

नेपालगन्ज उपमहानगरपालिका–१४ का रज्जब अलिका १४ वर्षीय छोरा जैयद हास्मिको शसस्त्र प्रहरीले भिरेको बन्दुगको कुइनाले लागेर दायाँ आँखा फुटेको छ । ती बालकको भेरी अस्पतालमा प्रारम्भिक उपचार पछि राती नै नेपालगन्ज मेडिकल कलेज लगेर भर्ना गरिएको छ । र, परिवारले थप उपचारका लागि आज विहान भारतको लखनउ लग्ने तयारी गरेका छन् ।strong यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोलाstrong

घरको प्रयोजनका लागि केही स्थानीय महिलाहरुले रुपैडियाबाट एकएक बोरा चामल लिएर आएका थिए । नाकामा खटिएका सशस्त्र प्रहरीले भन्सार नगरेको भन्दै उक्त चामल नियन्त्रणमा लिएर गणतर्फ लग्ने तयारी गरेका थिए । उनीहरुले घरको प्रयोजनको लागि हो भन्दा पनि सशस्त्रले बल प्रयोग गरेपछि स्थिति विग्रियो । र,सशस्त्र प्रहरीले महिलाहरुमाथि हातपात गर्दै बमण्डर मचाएको स्थानीय बताउँछन् ।strong यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोलाstrong

आफुहरुमाथि हातपात हुन थालेपछि महिलाहरुले पनि प्रतिकार गरे । स्थानीयबासीले सशस्त्र प्रहरीमाथि ढुंगा प्रहार गरे । करिव एक घण्टा नाकामा तनाव उत्पन्न भएको स्थानीयको भनाइ छ । विपन्न र गरिव सर्वसाधरणलाई एक बोरा चामल ल्याउन लाग्दा पनि सशस्त्र प्रहरीले धरपकड गर्ने, कमिशन लिने तर ठूला सामान तस्करसँगको सेटिङमा भित्र्याउने गरेको भन्दै स्थानीयबासीहरु सशस्त्रसँग रुष्ट छन् ।strong यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोलाstrong

सशस्त्र प्रहरीले नाकामा निमुखा र गरिव जनतालाई दुख दिने गरेको स्थानीयबासीहरु गुनासो सुनाउँछन् । जमुनाह नाकामा सशस्त्रको दादागिरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *