झण्डै दुर्घटनाबाट जोगियो डोटी जाँदै गरेको बस

News

धनगढी। कैलालीको धनगढीबाट डोटीको बागछेडा जाँदै गरेको बस दुर्घटनाबाट जोगिएको छ । आज दिउँसो डोटीको बागछेडा जान लागेको ना ४ ख १४९६ नम्बरको सुदूर पश्चिम यातायात बस दुर्घटना हुनबाट बचेको पत्रकार चक्र मल्लले बताएका छन्।s

डोटीको बडिकेदार गाउँपालिका वडा नम्वर २ बर्छैन नजिक सडकबाट झण्डै पल्टिनबाट जोगिएको उनले बताए। उनले दुर्घटनाबाट जोगिएको बताउँदै यात्रुहरुमा कसैलाई पनि केही चोट पटक नलागेको जानकारी दिए।

सहजपुर विपिनगर ,बोगटान, दिपायल सडकको अबस्था बिग्रिएकाले यो समस्या आएको बताए। उनले भने, ५० किलोमिटर पिच भईरहेछ पिच भयपनि बर्षाका कारण ठाउँ ठाँउमा पहिरो आएको छ। स्थानियले समयमा सडक मर्मत गर्न ध्यान दिनुपर्ने बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *