कञ्चनपुरको दोदा नदीमा डुबेर एक बालिकाको मृत्यु

News

कञ्चनपुर: लालझाडी गाउँपालिका वडा नं. ५ महावीर खल्ला “अन्नपूर्ण टोल” का ४६ बर्षिय नारायण बहादुर चन्द कि १० बर्षिय छोरी चन्द्रा चन्दको घर नजिकै रहेको दोदा नदीमा डुबेर मृत्युु भएको छ।

स्थानीयका अनुसार शनिवारको दिन खोला किनारमा बाख्रा चराउन गएकी चन्द्रा बाख्राको पाठो नदीबाट निकाल्ने क्रममा डुबेर मृत्युु भएको हो। डुबेको ठाउमा करिव ७ फिट गहिरो रहेको प्रहरीले जनाएको छ। चन्दको

पारिवारिक अवस्था एकदमै कमजोर भएको हुनाले स्थानीयहरुले आर्थिक संकलन गरेर मृतकको परिवारलाई दिएको लालझाडी सम्बादाता सन्देश भट्ट र सुनिल ऐरले बताएका छन्। चन्द्रालाई पोष्टमार्टमका लागि महाकाली अस्पताल लगिएको प्रहरी स्रोतले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *