पेप्सीकोला दुर्घटना अपडेट : दुई जनाको मृत्यु‚ १२ घाइते

News

काठमाण्डौं । काठमाडौंको पेप्सीकोलामा आज चार सवारी साधन आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दोलखाका दुई सहित पाँचजना घाइते भएका छन् ।

मृत्यु हुनेमा बा प्र–०२–०४१ प ५८३८ नम्बरको मोटरसाइकल चालक सर्लाहीका २८ वर्षीय राज भट्टराई रहेका छन् । दुर्घटनामा परी घाइते भएकामध्ये दुई जनाको अवस्था भने गम्भीर रहेको छ ।

दुर्घटनामा परी दोलखाको भिमेश्वर नगरपालिका घर भई इमाडोल बस्ने ५२ वर्षीय कुमारबाहादुर खाती, २५ वर्षीय उषा थापा, काभ्रेपलाञ्चोककी २५ वर्षीया स्वस्थानी खड्का, उदयपुर गाइघाट की २३ वर्षीया कल्पना विक र मकवानपुरकी १९ वर्षीया रमिता प्रजा घाइते भएका हुन् । घाइतेमध्ये उषा र स्वस्थानीको अवस्था गम्भीर रहेको छ भने अन्यको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

बा ३ ख ४१४८ नम्बरको बसले एकसाथ तीन सवारीसाधनलाई ठक्कर दिएको थियो । सो बसले पेप्सीकोला छाप्रो भन्ने स्थानमा बा ६ च ५३४२ नम्बरको पिकअप, बा प्र–०२–०३७ प ४३११ नम्बरको स्कुटर र बा प्र–०२–०४१ प ५८३८ नम्बरको मोटरसाइकललाई एकसाथ ठक्कर दिएको हो। रामेछापका २४ वर्षीय बस चालक जनक राउतलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *