आज बिहानै बझाङदेखि काठमाडौं जादै गरेको बस दुर्घटना

News

धनगढीः आज बिहानै बझाङदेखि काठमाडौं जादै गरेको बस दुर्घटना भएको छ। जिल्लाको चरोडामा बिहानै ना.६.ख १३३९ नम्बरको बस दुर्घटना भएको हो।

add
बझाङदेखि काठमाडौंका लागि छुटेको बस रोड भन्दा करिब ५ मिटर तल पल्टिएर दुर्घटना भएको हो। दुर्घटनामा सवार २५ जना मध्ये ४ जना गम्भीर घाइते भएका छन्। बाँकी समान्य घाइते भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार घाइतेहरु लाई उद्वारगरि उपचारको लागि अस्पताल लगिएको छ।

cp
उक्त बसमा शनिवार १६ गते हुने सिभिल सब–असिस्टेन्ट इन्जिनियरिङको लोकसेवा आयोगको परिक्षा दिने प्राबिधिक र काठमाडौं जानका लागि आएका यात्रु सवार रहेका थिए। बिहानै पानी धेरै परेका कारण बस दुर्घटनामा परेको अनुमान गरिएको छ भने घटनाको थप विवरण आउन बाँकी रहेको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *