लाखौमा बेच्न सकिन्छ यी पुरानो नोट, तुरुन्तै बेची लखपती बन्नुहोस ! (फोन नम्बरसहित।

News

जमाना यति छिटो परिवर्तन भयो कि मान्छेहरुले जे पनि अनलाइनमै काम गर्न लागे । अनलाइन बाट श्रीमती पाउँछन, अनलाइन बाटै नोकरी पाउछन भने पढाइ पनि अनलाइन मै हुन् थालेको धेरै भएको छैन । इन्टरनेटको दुनियामा खरिद विक्रीको प्रख्यात वेब साइटहरु हुन्।

यी वेबसाइटमा तपाई जे पनि बेच्न र किन्न सक्नु हुन्छ ।केहि बर्ष देखि, विदेशमा पुराना नोट हरु बिक्रि गर्ने चलन थियो यो आजभोली नेपालमा पनि त्यतिकै मजाले चल्न थालेको छ । पुराना राणा शासनमा काटिएका नोटको मूल्य लाखौं पर्ने गर्दछ ।

तपाईसंग पनि नेपाली पुरानो नोट छ भने यसरि बिक्रि गर्न सक्नु हुन्छ । eBay को एउटा खाता खोल्नुहोस । आफुसंग भएको पुरानो नोटको एउटा ठुलो साइजमा क्लियर फोटो खिच्नुहोस् । नोटको विविरण, सिरियल नम्बर, कुन जमाना छापिएको सबै उल्लेख गर्नुहोस।

इन्टरनेटको दुनियामा खरिद विक्रीको प्रख्यात वेब साइट हरु हुन् eBay OLX र quikr यी वेबसाइटमा तपाई जे पनि बेच्न र किन्न सक्नु हुन्छ । यस्तो पुरानो पैसाको मुल्य अहिले लाख भन्दा पनि बढी छ।

यो पनि पढ्नुहोस – अर्थतन्त्रका बाह्य सूचक सुधार हुँदै, विदेशी मुद्रा सञ्चिति १० अर्ब ५० करोड डलर पुग्याे

काठमाण्डाै – चालु आर्थिक वर्षको सात महिनामा अर्थतन्त्रका बाह्य सूचकमा सुधार हुँदै गएको देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको साउनदेखि माघसम्मको आर्थिक तथा वित्तीय स्थितिअनुसार शोधानान्तर खाता, चालु खाता, विदेश विनिमय सञ्चितिलगायतका सूचकमा सुधार देखिएको छ ।

सात महिनामा चालु खाता २९ अर्ब ६४ करोड रुपैयाँले घाटामा रहेको छ । अघिल्लो वर्षको सात महिनामा चालु खाता चार खर्ब ११ अर्ब ३४ करोड रुपैयाँले घाटामा थियो ।

यस्तै साउनदेखि माघसम्म शोधनान्तर स्थिति एक खर्ब ३३ अर्ब २१ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सात महिनामा शोधनान्तर स्थिति दुई खर्ब ४७ अर्ब तीन करोड रुपैयाँले घाटामा रहेको थियो ।

विदेशी विनिमयको सञ्चितिमा पनि सुधार आएको छ । गएको असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोड रुपैयाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १३ दशमलव आठ प्रतिशतले वृद्धि भई माघ मसान्तमा १३ खर्ब ८३ अर्ब ३३ करोड रुपैयाँ पुगेको छ ।

अमेरिकी डलरमा यस्तो सञ्चिति गएको असार मसान्तमा नाै अर्ब ५४ करोड रहेकोमा माघ मसान्तमा १० दशमलव दुई प्रतिशतले वृद्धि भई १० अर्ब ५० करोड डलर पुगेको छ ।

सात महिनाको आयातलाई आधार मान्दा बैकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १० महिना आठ दिनको वस्तु आयात र नाै महिना चार दिनको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *