बरादीमा बसको ठक्करबाट मोटरसाइकल चालक धादिङका तामाङको घटनास्थलमै मृत्यु

News

तनहुँ । तनहुँको आँबुखैरेनी गाँउपालिका-१ बरादीमा बसको ठक्करबाट मोटरसाइकल चालक घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक धादिङ साबिक सेमजोङ गाविस वडा नं ३ हाल कायम नेत्रावती डबजोङ गाउँपालिका वडा नं ४ बस्ने अन्दाजी २७ वर्षिय सागर तामाङ रहेको प्रहरीले जनाएको छ ।

यस्तै मोटरसाइकल पछाडी सवार धादिङ नेत्रवती डबजोङ गाउँपालिका वडा नं २ बस्ने अन्दाजी २७ वर्षिय सुरेन तामाङ घाईते भएको र घाईतेको आबुखैरेनी अस्पताल तनहुँमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

आइतबार सवा १ बजेको समयमा जिल्लाको आँबुखैरेनी गाउँपालिका वडा नं १ बरादी पेट्रोल पम्म स्थित पृथ्वि राजमार्ग सडक खण्डमा मुग्लिङबाट डुम्रे तर्फ जान आउदै गरेको ग २ ख १२३५ न को बसले सोही दिशाबाट आउदै गरेको बा प्र ०२ ०१५ प ६२३६ न को मोटरसाइकल ठक्कर दिदा दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।

दुबै सवारी साधन र बस चालक प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक मोहन बहादुर खाणले जानकारी दिए ।

उक्त घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको उनले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *