४ वर्षअघि ठूलो दुर्घटनामा बाँचेका थिए सोलुमा अस्ताएका मनाङ एयरका क्याप्टेन गुरुङ

News

काठमाडौं । मंगलबार बिहान सोलुखुम्बुको लाम्जुरापासस्थित सोलुखुम्बुको लिखुपिके गाउँपालिका-५ लम्चुराडाँडामा दुर्घटनामा मृत्यु भएका मनाङ एयरका क्याप्टेन चेतबहादुर गुरुङ ४ वर्षअघि लुक्लामा भएको ठूलो दुर्घटनामा बाँचेका थिए ।s

२०७६ वैशाख १ गते लुक्लास्थित तेन्जिङ हिलारी विमानस्थलमा समिट एयरको विमानले श्री एयर र मनाङ एयरको हेलिकप्टरलाई ठक्कर दिएको थियो ।

उक्त दुर्घटना हुँदा गुरुङले मनाङ एयरको हेलिकप्टर उडाएका थिए । गुरुङ हेलिकप्टरबाट निस्केको केही सेकेन्डपछि समिट एयरको विमानले हेलिकप्टरलाई ठक्कर दिएको थियो ।

उक्त दुर्घटना श्री एयर र मनाङ एयरको हेलिकप्टर पूर्ण क्षतिग्रस्त भएका थिए । श्री एयरको हेलिकप्टर पार्किङमा थियो भने
मनाङ एयर अवतरण गरेर गुरुङ बाहिरिन लागेका थिए ।

उक्त दुर्घटनामा समिट एयरका कोपाइलट सुजित लामा ढुंगाना र लुक्ला विमानस्थलमा कार्यरत् प्रहरी सहायक निरीक्षकद्वय रामबहादुर तामाङ र रुद्रनाथ श्रेष्ठले ज्यान गुमाएका थिए ।

सुजित र रामबहादुरको घटनास्थलमै तथा रुद्रनाथको उपचारका क्रममा निधन भएको थियो । लुक्लाबाट रामेछापका लागि उड्न लागेको समिट एयरको लेट एल ४१० यूभीपी–ई२० विमान विमानस्थलभन्दा करीब ४० मिटर दायाँ हेलिप्याडमा रहेको मनाङ एयरको हेलिकोप्टरसँग ठोक्किएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *