ससुरालाई प्रहरीले समा”त्यो तर बुहारीको छोरो खोई || माईती भन्छ हामिलाई ब”च्चा चाहियो (हेर्नुस भिडियो सहित )

Uncategorized

ससुरालाई प्रहरीले समा”त्यो तर बुहारीको छोरो खोई || माईती भन्छ हामिलाई ब”च्चा चाहियो (हेर्नुस भिडियो सहित )

कृपया यो पनि हेर्नुस : ‘छाला उपचारका नाममा भइरहेको गलत काम रोकिनुपर्छ, नियमन हुनुपर्छ’

चाया–पोतोको उपचारमा टिकटकबाट अनइथिकल रुपमा प्रोमोसन गरेर पूर्ण रुपमा निको पार्न सकिन्छ भनेर ब्युटिपार्लरहरुमा छाला खुइलिने केमिकलहरु लगाइदिने र पछि चाया–पोतो झनै बढेर आउने समस्याहरु देखिन्छ। ब्युटिपार्लरहरुमा स्टेरोइड बेस क्रिमहरु प्रयोग गरेर फेसियल गरिएको पाइन्छ, जसले फेसियल गर्दा अनुहार टल्किएको जस्तो हुन्छ। तर पछि त्यो फेसियल गरेको बिग्रिएर छाला नै फरक देखिएका बिरामीहरु हामीकहाँ आउँछन्।strong यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोलाstrong

अर्को केमिकल पिलको नाममा ब्युटिपार्लरहरुले तालिमप्राप्त एस्थेटिसियनहरु बिना नै गर्ने गरिन्छ। बोटक्स, फिलर जस्ता काम पनि ब्युटिपार्लरमै हुनु दुखद कुरा हो। फिलिङ समेत पार्लरमा गर्ने गरेको देखियो। लिप फिलिङ गर्दा एनाटोमी नबुझेको मान्छेले गर्दा रगतको नशा नै मर्न सक्छ। अर्को थ्रेड लिफ्टिङ थ्रेड भित्र गएपछि अब्जर्भ हुनुपर्नेमा छालाको बाहिर नै रहिरहेको बिरामी पनि हामीले भेटेका छौं।strong यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोलाstrong

samyak inside small
अनुहारमा जथाभावी रुपमा हाईफू गरिएको पनि देखिन्छ। हाईफू गर्दा कम्तीमा आधा घण्टादेखि डेढ घण्टासम्म लाग्छ। तर पार्लरमा १५ मिनेटमा छाला तन्काएर गरिदिएको सामाजिक सञ्जालमै भिडियोहरु देखिन्छ। हाईफूले छाला कसिलो बनाउने हो। हाईफू भनेको हाई इन्टेन्सिटी फोकस अल्ट्रासाउण्ड हो। यसले बाहिरपट्टि छालामा केही हुँदैन तर फोकस अल्ट्रासोनिक इनर्जी छालाको दोस्रो तह र मासुभन्दा माथिल्लो भागलाई सेकाउने प्रविधि हो। तर जथाभावी हाईफू गरेर नशा दुख्न थाल्यो, छाला दुख्न थाल्यो भनेर उपचारका लागि आउँछन्। हाईफू गरेर बिग्रिएको समस्या छिट्टै ठिक बनाउन सकिँदैन।strong यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोलाstrong

जनतामा चेतना नै छैन। आफ्नो छालाको सुन्दरताका लागि रोग तथा छालाको समस्या पनि पार्लरमा गएर उपचार गरिरहेका छन्। यसले उनीहरुको छाला झनै बिग्रिने, रातो भएर आउने, छाला पातलो भएर रक्तनली नै देखिने, डन्डिफोर आउने, एक्नीहरु आउने, रौं पलाउने समस्या बढेको देखिन्छ। यस्तै बोटुलिनम टक्टिन (बोटक्स) पनि जथाभावी गर्दा आँखाको भाग बिग्रिएर आउनेहरु पनि छन्। अहिले ब्युटिपार्लरमा हाइड्राफेसियल निकै चर्चित छ। सम्बन्धित निकायले नियमन नगर्दा जथाभावी रुपमा प्रयोग भइरहेको छ।

तर, अहिले ब्युटिपार्लरहरुमा गोरो बनाउने भन्दै हाइड्राफेसियल गर्ने ट्रेन्ड चलेको छ। हाइड्राफेसियल उपचार होइन, यो एक प्रकारको स्पा हो। यसले सीमित समयको लागि अनुहारमा ग्लो दिन्छ। त्यो सीमित समयमा गर्न छोड्नुभयो भने र छालाको आवश्यकता अनुसारको केयर गर्नु भएन भने छाला फेरि नर्मल अवस्थामै वा झन् बिग्रिने अवस्थामा पुग्छ। हाइड्राफेसियल गर्दा ब्युटिपार्लरहरुमा बेस्सरी तानेर झनै रातो हुने, छालामा इरिटेट रियाक्सन हुने, धेरै सुख्खा हुने र कतिपयमा सोलुसन नमिलेर याक्नी बढेर आउने बिरामीहरु हामीसँग छन्।

अहिले ब्युटिपार्लरदेखि स्किन केयर हस्पिटलसम्म छालाको उपचार र सौन्दर्यका लागि विभिन्न किसिमका प्रविधिहरु भित्रिएका छन्। यसको नियमन नियन्त्रण र नियमन कसले प्रयोग गर्ने भन्ने प्रष्ट मापदण्ड नै छैन। छाला रोग विशेषज्ञले के–के गर्न पाउने, ब्युटिसियनले के–के गर्न पाउने भनेर स्पष्ट मापदण्ड नहुँदा पनि यसको जथाभावी प्रयोग भएको छ।

फिलिङ गर्न नजानेको व्यक्तिले गर्‍यो भने आँखामा अन्धोपना नै हुन सक्छ। एकतिर फेस कसिलो हुने अर्कोतिर लुज हुने हुन सक्छ, अनुहार नै बिग्रिने अवस्था हुन सक्छ। अहिले कोठी हटाउने, ट्याटु हटाउने काम पार्लरमा गरेर बिगारेर बिरामीहरु हामीसम्म आएका छन्। यस्ता गलत काम रोकिनुपर्छ। नियमन हुनुपर्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *