उडिरहेको जहाजमा अचानक आगो लाग्यो, ठुलो दु’र्घटनाबाट बाल‌ बाल बच्यो

News

काठमाडौँ । त्रिभुवन विमानस्थलबाट भैरहवाका लागि उडेको श्री एयरलाइन्सको जहाजमा आगो लागेको छ । काठमाडाैँबाट उडेको केही छिनमै जहाजको इन्जिनमा आगो लागेपछि आकस्मिक अवतरण गराइको छ । तुरून्तै अवतरण गराइएकाेले जहाजका चालक दल र यात्रुहरू सुरक्षित रहेकाे जनाइएकाे छ ।

श्री एयरको उडान नं ८२१ को जहाज काठमाडौँबाड उडेको केही छिनमै काठमाडौँ फिर्ता भएको छ । इन्जिनमा आगो लागेको देखिएपछि चालक दलका सदस्यहरुले त्रिभुवन विमानस्थलको टावरलाई जानकारी दिएका थिए । धादिङमाथिको आकाशमा पुगेपछि जहाज काठमाडौँमै फिर्ता भएको हाे ।

उडेको करिब २० मिनेटमा नै जहाज काठमाडौं फर्काइएको हाे । अवतरणका क्रममा त्रिभुवन विमानस्थलमा केहीबेर अन्य उडान समेत प्रभावित भएका थिए ।

प्रधानमन्त्री प्रचण्डविरुद्द सर्वोच्चमा परेको रिटले समग्र माओवादी धारलाई झस्काएको छ । द्वन्द्धकालीन मुद्दा अदालतले हेर्ने देखिएपछि जतिबेला पनि खतरा हुनसक्ने ठानेका माओवादी धारका नेताहरु संकट टार्नकै लागि भएपनि एकीकृत हुने बाटोमा आइपुगेका छन् ।

प्रचण्डविरुद्धको मुद्दा अदालतमा पेशी तोकिएपछि नेपालमा मात्रै नभई अन्तराष्ट्रिय स्तरमा समेत चासो बढेको छ । एक अर्काको कार्यशैलीप्रति कटु आलोचक बन्दैै छुट्टिएका उनीहरु फेरि बाध्य भएर एकठाउँमा उभिने चेष्ठा गरिरहेका छन् ।

सर्वोच्च अदालतको पछिल्लो कदमले माओवादी जनयुद्दका कमाण्डरहरुलाई त्रसित र सशंकित बनाएको छ । गत आइतबार माओवादी धारका नेताहरुले एउटै मञ्चबाट यसविरुद्द एक भएर प्रतिवाद गर्ने बताए ।

त्यसपछि प्रधानमन्त्री प्रचण्डको आह्वानमा वृहत छलफल गर्दै उनीहरु एकाएक कार्यगत एकताका लागि सहमत भइसकेका छन् ।

शान्तिप्रक्रिया पश्चात आजको दिनसम्म आइपुग्दा तत्कालीन माओवादीका नेताहरु आधा दर्जन बढि चिरामा विभाजित छन् । मुलधारको माओवादी पार्टीको नेतृत्व गरिरहेका प्रचण्डको कार्यशैली चित्त नबुझाएका नेताहरु विभाजित हुँदै नयाँ पार्टी गठनमा लागे । तर, प्रचण्ड बाहेकले राष्ट्रिय राजनीतिमा आफुलाई स्थापति गराउन सकेका छैनन् । जसकारण माओवादी एकताको आवाज बेलाबेला उठ्ने गरेको थियो । तर, एकले अर्कालाई स्वीकार्ने परिस्थिती बनेको थिएन । हाल प्रचण्डविरुद्दनै अदालतमा मुद्दा दर्ताभएपछि त्रासले भनौँ या असुरक्षाले, उनीहरुलाई एकठाउँमा उभिनुपर्ने बाध्यता सिर्जना भएको छ ।

५ मंसिर २०६३ मा भएको शान्ति सम्झौतमा द्वन्दकालीन न्यायका बाँकी कामहरु प्रभावकारी ढंगमा सम्पन्न गर्ने सहमति भएको थियो ।

यसबिचमा माओवादीले ४ पटक सरकारको नेतृत्व गरिसकेको छ भने सबैजसो सरकारमा समावेश भएको छ । शान्तिप्रक्रियालाई टुंगोमा पुर्याउनका लागि आफुहरुले पर्याप्त प्रयास गर्न नसकेको प्रचण्ड स्वयं स्वीकार्छन् । तर, उनको स्वीकारोक्ति युद्दपीडितलाई ढाडस दिनेतर्फ ज्यादा केन्द्रीत देखिने गर्छ ।

हाल विकशीत परिस्थितीमा पनि आफ्नो कमजोरीलाई स्वीकार्नेतर्फ माओवादी केन्द्रीत छैन । बहालवाला प्रधानमन्त्री प्रचण्डको मुद्दा अदालतमा कसरी अगाडी बढ्छ, हेर्न बाँकी छ ।

उनलाई दोषी देखाउनेतर्फ निर्देशीत भएमा जनयुद्द पृष्ठभूमिका सबै नेताहरु घसेटिने निश्चित छ । संक्रमणकालीन न्यायलाई टुंगोमा पु¥याउन उनीहरु संविधानले परिकल्पना गरेका आयोगहरुलाई सक्रिय बनाउनुपर्नेमा दृढ देखिन्छन्

द्वन्द्वकालीन मुद्दामा गम्भिर हुन नसक्दा त्यसको परिणामले समग्र माओवादी धारलाई झस्काएको छ । अतः माओवादी एकताको आजको वहस स्वेच्छाले भन्दापनि वाध्यताले निर्देश गरेको देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *