यिनै हुन् कान दुखेर झारफुक गर्ने जादा ज्या’न गुमाएकी बालिका, माता सहित १७ जना पक्राउ

News

रुपन्देहीको सैनामैना नगरपालिका–१० झिमझिमे बस्ने १४ वर्षीया सीता ज्ञवालीलाई स्थानीय २२ वर्षीया सोनिया रेश्मीले शनिबार झारफुक गर्ने बहानामा कुटपिट गर्दा मृत्यु भएको छ । उक्त मृत्यु प्रकरणमा संलग्न १७ जनालाई प्रहरीले पक्राउ गरेको छ।

कान दुखेर बिरामी परेकी सैनामैना नगरपालिका वडा नम्बर १० की १४ वर्षीया सीता ज्ञवालीको झारफुक गर्ने बहानामा दिइएको चरम यातनापछि गत फागुन २० गते राति मृत्यु भएको थियो।

सीता कानसम्बन्धी बिरामी भएकी, पटक पटक अस्पताल लगेर चेकजाँच गरी औषधि सेवन गर्दा निको नभएको हुँदा माता भन्ने सोनिया रेश्मीले झारफुक गरी ठिक पार्छिन् भन्ने लागेर उनको घरमा लगेको बताएका छन्।

सोनिया रेश्मीले सीता ज्ञवालीलाई झारफुक गर्दै लछारपछार पारी भुइँमा लडाइ कुटपिट गर्दा सोही ठाउँमा नै मृत्यु भएको प्रहरीले जनाएको छ। बालिका सीता ज्ञवालीको हत्या आरोपमा प्रहरीले १७ जनालाई पक्राउ गरी अनुसन्धान सुरु गरेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले शनिबार एक विज्ञप्ति जारी गर्दै घटनामा संलग्न झाँक्री सोनिया रेश्मी सहित सोही रात सीताको दाहसंस्कारमा संलग्न १७ जनालाई पक्राउ गरी सुक्ष्म अनुसन्धान थालिएको छ । सीताको शव राति नै घरपरिवाले कपिलवस्तु जिल्लाको लक्ष्मणघाटमा लगेर जलाएको खुलेको छ ।

दाहसंस्कारको लागि जाँदा र दाहसंस्कार गरी फर्किंदाको पूर्वपश्चिम महेन्द्रराजमार्गमा रहेका सीसीटीभीहरुको फुटेज समेत प्रहरीले संकलन गरेको छ । फुटेजका आधारमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *