भखर्रै हेर्नुहोस् हनिट्रयापमा केटा फसाउने चक्करमा आफै फेसे दाङका यी केटीहरु

News

जीतसागर जी.एम.

दाङ। एक पुरूष र अनुष्का सिंह भनिने कृष्णा गहतराजबीच एक वर्षअघि चिनजान भयो । पुरूषको घर तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ भिआइपी टोलमा छ भने गढवा गाउँपालिका वडा नम्बर ६ का ३५ वर्षिय सिंह पनि तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ मै बस्दै आएकी थिइन् ।

४९ वर्षिय पुरूष व्यवसायी हुन् भने सिंहको खासै कुनै पेशा थिएन् । दुवैजना विवाहित हुन् । दुवैजना विवाहित हुँदाहुँदै पनि एकआपसमा प्रेम सम्बन्धमा थिए उनीहरू । पुरूषले सिंहलाई हरेक सुख–दुःखमा आर्थिक सहयोग पनि गर्ने गरेका थिए ।

पुरूषले प्रेमिका सिंहलाई विभिन्न समयमा ३० लाखसम्म बुझाईसकेका पनि थिए । दुवैजना बीचमा प्रेम सम्बन्ध झाँगिदै गएपछि त्यसको फाइदा उठाउँदै सिंहले कृष्णा गहतराजको नाममा नागरिकतासमेत बनाईन् । दुईवटा नागरिकता बनाउन पनि पुरूषले नै सहयोग गरेका थिए । अझै पनि दुवैजना बीचमा सम्बन्ध रामै्र थियो ।

तर सिंहलाई अझै आर्थिक लाभ लिने लोभ जाग्यो । ठूलो रकम हत्याउने योजनासहित तुलसीपुर–१८ का ३८ वर्षिय कृष्णा कुमारी बस्नेत, घोराही उपमहानगरपालिका वडा नम्बर १० नारायणपुरका २६ वर्षिय लुद्र बहादुर केसी र घोराही उपमहानगरपालिका वडा नम्बर ४ का ४३ वर्षिय तुलसीराम विकले पुरूषसँग मिलेर सिंहले पाँच करोड असुल्ने योजना बनाइन् । त्यसपछि दुईजना बीचमा खटपट सुरू भयो ।

जिल्ला प्रहरी प्रवक्ता डिएसपी राजनकुमार गौतमका अनुसार सिंहले पुरूषलाई पाँच करोड नदिए जबरजस्ती करणीको मुद्दा हाल्ने भनेर धम्की दिन थालिन् । खड्काले रकम दिन नसक्ने भएपछि प्रहरीमा उजुरी दिए । प्रहरीमा उजुरी परेपछि घटना बाहिर आएको हो । घटनामा संलग्न रहेका चारैजनालाई अदालतले दोषी ठहर गरिसकेको छ । पुरूषलाई मायाजालमा पारेर फसाउन खोज्ने सिंह र बस्नेत जो आफै फसेका छन् ।

अदालतको आदेशपछि उनलाई पुर्पक्षका लागि तुलसीपुर कारागार चलान गरिएको छ । हनिट्रयापको आरोपमा प्रहरीले पक्राउ गरेका चारजना मध्ये तुलसीपुर–१८ ग्वारखोला निवासी ३६ वर्षीया बस्नेत पनि कारागार चलान भएकी छन् । उनलाई अदालतले एकलाख रूपैयाँ धरौटी तोकेको थियो ।

तर, धरौटी तिर्न नसकेपछि कारागार चलान गरिएको हो । घटनामा संलग्न रहेका प्रतिवादी विक र केसी भने एक÷एक लाख धरौटी बुझाएर छुटेका छन् । घटनामा पीडित भनिएका पुरूषलाई पनि सरकारी कागज किर्ते गरेको भन्दै मुद्दा चलाइएको छ । तर अहिले उनलाई साधारण तारेखमा छोडिएको छ ।

घटना नम्बर २
गत साउन २६ गते पनि घोराही उपमहानगरपालिका वडा नम्बर १० नारायणपुुरमा सुनचाँदी व्यवसाय गर्ने दिनेश घर्तीलाई योजनावद्ध ढंगले मायाप्रेमको नाटक गरी ठूलो रकम माग गर्ने चारजना महिला र एक पुरूष गरी पाँचजना मिलेर फसाउन खोजे ।

घोराही उपमहानगरपालिका–१० नारायणपुरका ३२ वर्षीया पवित्रा डाँगी, सोही ठाउँ बस्ने ३२ वर्षीया विमला डाँगी, २९ वर्षीया शान्ता नेपाली, २२ वर्षीया शर्मिला भनिने प्रमिला नेपाली र रोल्पाको परिवर्तन गाउँपालिका वडा नम्बर ५ का ४० वर्षिय दिलिप कुमार वली मिलेर दिनेशलाई बलत्कारको मुद्दा लगाएर रकम असुल्न खाजेपछि घटना बाहिर आएको थियो ।

प्रतिवादी शर्मिला नेपालीले पीडित पुरूष दिनेशलाई साउन २६ गते राति ११ बजे योजनावद्ध तरिकाले आफ्नो घरमा बोलाएकी थिइन् । पुरूष दिनेश घरमा आए लगत्तै अन्य चारजना पनि आएर बलत्कार मुद्दाको डरधम्की दिई रकम माग गरेका थिए । त्यसपछि सोहि समूहले भोलिपल्ट साउन २७ गते ति व्यापारीसँग एक लाख रूपैयाँ नगद र ११ लाख २० हजारको चेक लगेको थियो ।

उनीहरूलाई रकम र चेक दिएपछि दिनेशले प्रहरीलाई जाहेरी दिएका थिए । दाङ देउखुरी जिल्ला अदालतले दोषी ठहर गरेपछि दिलिप र प्रमिलालाई पाँच÷पाँच लाख र शान्ता, पवित्रा र बिमलालाई एक÷एक लाख धरौटी धरौटी बुझाउन आदेश दिएको थियो । तर प्रतिवादी दिलिप, प्रमिला र शान्ताले धरौटी बुझाउन नसकेर कारागार चलान भएका छन् ।

घटना नम्बर ३
प्रहरीले गतवर्ष २०७८ साल असार ७ गते एकजना पुरूषलाई प्रेमको प्रलोभनमा पारेर ५० लाख रूपैयाँको बार्गेनिङ गर्ने घोराही उपमहानगरपालिका–१५ निवासी ३२ वर्षीया सीतादेवी थापा, सोही ठाउँ निवासी ३५ वर्षीया खुमा वली र ३२ वर्षीया सुष्मा परियारलाई पनि अदालतले दोषी ठहर गरिसकेको छ ।

अदालतको आदेशले प्रतिवादी सितादेवी थापाबाट एक लाख ५० हजार, प्रतिवादी खुमा वलीबाट ८० हजार, सुस्मा परियारबाट ७० हजार धरौटी माग गरेकोमा उनीहरू धरौटी बुझाएर रिहा भइसकेका छन् । उक्त घटनामा पनि पुरूषलाई फसाउन खोज्ने महिला नै आफै फसेका छन् ।

उल्लेखित घटना प्रहरीसम्म पुगेकाले प्रतिनिधिमूलक घटनामात्रै हुन् । समाजमा पछिल्लो समय पुरूषलाई मायाजालमा पारेर रकम बलात्कार मुद्दामा फसाउन खोज्ने महिला बढ्दै गएका छन् । गतवर्ष असार ७ गतेदेखि हालसम्म तीन पुरूषलाई फसाउन खोज्ने नौजना महिला आफै फसेका छन् ।

घटनामा संलग्न नौजना महिलासहित १२ जनालाई अदालतले दोषी ठहर गरिसकेको छ । पुरूषलाई मायाप्रेममा पारेर रकम असुल्न खोज्ने गिरोह सक्रिय भइरहेकोले सचेत बन्न जिल्ला प्रहरी प्रवक्ता गौतमले आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *