सेक्स गर्दा महिलाको योनी किन गन्ध आउँछ?

Uncategorized

योनिको असामान्य गन्धप्रति विशेष चासो र चिन्ता हुनु जायज पनि छ किनभने यसले कुनै विकार वा रोगलाई संकेत गरिरहेको हुनसक्छ । अब के–कस्तो अवस्थामा योनि असामान्य रूपमा गन्हाउँछ भन्ने चर्चा गरौं । तपार्इंले योनि गन्हाउनेदेखि बाहेक चिलाउने वा पोल्ने कुरा पनि उल्लेख गर्नु भएकाले त्यसले योनिको संक्रमणलाई संकेत गरिरहेको छ**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

योनिको संक्रमणमध्ये एउटा प्रमुख संक्रमण bacterial vaginosis हो । योनिमा सामान्य रूपमा हुने जीवाणुको मात्रा असन्तुलित हुँदा यस्तो हुन्छ । सेतो वा मैलो किसिमको र अधिक मात्रामा योनि श्राव हुने, योनिको वरिपरि चिलाउनेदेखि बाहेक योनिबाट आउने गन्ध माछाको जस्तो हुन्छ**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

तपाईंले आफ्नो योनिश्रावको गन्ध कस्तो प्रकारको छ, लेख्नुभएको छैन । अर्को धेरैजसो हुने योनिको संक्रमण हो । योनि र योनि वरिपरि चिलाउने, पिसाब पोल्नेबाहेक पनिर जस्तो सेतो बाक्लो योनिश्राव भए पनि यसको गन्ध भने खराब हुँदैन । यस्तो संक्रमण यौनसम्पर्क नराखेको स्थितिमा समेत हुनसक्छ**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

तपाईंले १७ वर्षको उमेरमा यौनसम्पर्क भएको कुरा गर्नुभएको छ । त्यसैले तपाईंलाई यौन रोग लागेको सम्भावनालाई पनि नकार्न सकिँदैन । त्यसबाहेक त्यतिबेला एकपटक मात्र यौनसम्पर्क भएको हो वा त्यसपछि पनि निरन्तर यौनसम्पर्क हुँदै आएको छ, स्पष्ट भएको भए जवाफ दिन सजिलो हुने थियो**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

समाधान के होला ?
योनिका केही संक्रमण गम्भीर प्रकृतिका हुनसक्ने भएकाले के कारणले यस्तो भएको हो पत्तालगाई उपचार गराउनुपर्छ । यसका लागि तपाईंले चिकित्सकको सहयोग लिनुपर्ने हुन्छ । अर्को महत्वपूर्ण पक्ष योनिको संक्रमण हुन नदिनु हो । योनिको संक्रमणबाट जोगिने वा भनौं कम गर्ने केही उपाय :**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

 योनि तथा यौनाङ्ग क्षेत्रलाई सफा राख्ने । हल्का किसिमको साबुन–पानीले योनिको बाहिरी भाग प्रत्येक दिन धुने । दिसा–पिसाबपछि टिसु पेपरले पुछ्नहुन्छ भने अगाडि (योनि) तिरबाट पछाडि (मलद्वार) तिर लगेर पुछ्ने । पछिल्तिरबाट अघिल्तिर ल्याएर पुछ्दा मलद्वारमा भएका जीवाणु योनिमा सर्न सक्छन् ।

 भित्री पहिरन (अन्डरवेयर) धेरै कसिलो तथा नाइलन, पोलिस्टर वा रेयोनले बनेको हुनु हुँदैन । बरु सुतीले बनेको मात्र प्रयोग गर्ने । यौनाङ्ग क्षेत्रलाई ओभानो राख्नुपर्छ । धेरै गर्मी वा धेरै ओसिलो भए जीवाणुको संक्रमण हुने सम्भावना हुन्छ ।

 सफा गर्न भनेर धेरैले योनिमा डुस दिन्छन् । स्वस्थ योनिले आफूलाई सफा गर्ने आफ्नै प्राकृतिक विधि हुन्छ । डुस दिने, कडा किसिमको साबुन वा डिओडेरान्टको प्रयोगले योनिको प्राकृतिक अवस्थामा असन्तुलन ल्याउँछ र संक्रमणलाई बढावा मिल्छ ।

 भित्री पहिरन (अन्डरवेयर) दिनहुँ फेर्नुपर्छ ।
 पर्याप्त मात्रामा पानी पिउनुपर्छ जसले गर्द पिसाब सफा होस् ।

 अत्यधिक सुगन्धित साबुन, टेम्पोन, प्याड, स्प्रे वा बबल वाथ जस्ता कुरा प्रयोग नगर्दा संक्रमणको सम्भावना कम हुन्छ । यौनसम्पर्कका कारणले नै योनि तथा प्रजनन अङ्गमा संक्रमण हुन सक्ने भएकाले यसलाई कन्डमको प्रयोगबाट सुरक्षित बनाउनुपर्छ । यदि यौनसम्पर्क राख्नबाट परहेज गर्न सकिँदैन भने यौनरोग लागे–नलागेको निदान गरेर यौन साथीसहित आफ्नो पनि पूर्ण उपचार गर्नुपर्छ ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

Leave a Reply

Your email address will not be published. Required fields are marked *