हार्दिक श्रञाञ्जली: गुल्मीमा जन्मिएको अनौँठो बच्चाको मृ’त्यु

News

गुल्मीमा केही दिन अगाडी जन्मिएको अनौठो बच्चाको निधन भएको छ ।

गत शनिवार जिल्लाको ईस्मा गाउँपालिका ३ तोरिपाटा गोडखोलाका राज कुमार नेपालीकी श्रीमती गोमा नेपालीले अचम्मको शिशुलाई जन्म दिनुभएको थियो ।

शिशुको ४ दिनपछि बुधवार मृत्यु भएको हो । नेपालीले आँखा नभएको, औँला नछुटिएको, तथा शरिरमा रातो छाला भएको अचम्मको छोरीलाई जन्म दिनुभएको थियो ।

नेपालीले शनिवार घरमै उक्त शिशुलाई जन्म दिनुभएको थियो । गर्भवती भएको ८ महिना पुरा हुँदै गर्दा गोमाले छोरीलाई जन्म दिनुभएको थियो उहाँका यस अगाडी ३ सन्तान छन् । उनीहरु भने सबै सपागं नै छन् ।

यसैबीच पारिवारिक आर्थिक अवस्था ज्यादै न्यून रहेका नेपाली परिवारलाई जिटिभि नेपालको समन्वयमा नगद रु ५ हजार रुपैयाँ सहयोग प्रदान गरिएको छ । परिवारको अवस्थाको बारेमा जिटिभि नेपालमा केही दिन अगाडी प्रशारित सामाग्री हेरेर बुटबल निवासी ममता गुरुङले उक्त सहयोग रकम पठाउनुभएको थियो ।

सहयोग रकम जिटिभि नेपालका अध्यक्ष दिपक नेपालीले हस्तान्तरण गर्नुभएको हो । जिटिभिले केही दिन अगाडी मात्रै उक्त परिवारलाई नगद रु १० हजार रुपैयाँ आर्थिक सहयोग गरेको थियो ।*

Leave a Reply

Your email address will not be published. Required fields are marked *