सल्यानमा गुडिरहेको बसमा करेन्ट लाग्दा बाबु र छोराको मृत्यु, एक घाइते

News

सल्यान । सल्यानमा गुडिरहेको बसमा करेन्ट लाग्दा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।

बिहीबार बिहान साढे १० बजे राप्ती राजमार्गअन्तर्गत जिल्लाको कपुरकोट गाउँपालिका वडा नम्बर ३ चोरखोलामा दाङ, तुलसीपुरबाट रोल्पा जाँदै गरेको रा १ ख ८३४ नम्बरको बसले बिजुलीको तार छोइँदा उक्त घटना भएको हो ।strong यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोलाstrong

बुधबार राति आएको हावाहुरीका कारण सडक छेउको बिजुलीको तारमा रुख ढलेको थियो । सडकबाट बस पार गर्ने क्रममा बिजुलीको तारमा छोएर करेन्ट प्रवाह हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी तथा प्रहरी निरीक्षक गोपाल श्रेष्ठले जानकारी दिए ।strong यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोलाstrong

उक्त घटनामा रोल्पा गंगादेव गाउँपालिका वडा नं. ४ का ७२ वर्षीय बालराम डाँगी र उनकै छोरा ४२ वर्षीय टोपलाल डाँगीको मृत्यु भएको हो । बसका मालिक सल्यान छत्रेश्री गाउँपालिका-६ लान्तीका ३४ वर्षीय महेन्द्र ओली घाइते भएका छन् । उनको अवस्था चिन्ताजनक रहेको छ । उनलाई उपचारको लागि कपुरकोट पठाइएको प्रहरीले जनाएको छ । बसमा २०-२५ जना यात्रु चढेका थिए । बसमा रहेका अन्य यात्रु भने सकुशल रहेको प्रहरीले जनाएको छ । strong यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोलाstrong

Leave a Reply

Your email address will not be published. Required fields are marked *