मोटरसाइकलले ठक्कर दिएकै बदलामा चार जनाको हत्या !

News

काठमाडौं । काठमाडौंको तीनकुनेस्थित श्री दिव्य सः मिल तथा काष्ठ उद्योगमा शुक्रबार राति भएको हत्याकाण्ड मोटरसाइकलको ठक्करपछि भएको विवादको बदला लिन खोज्दा घटेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सोमेन्द्रसिंह राठौरका अनुसार सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका(९ का २३ वर्षीय सञ्जय भण्डारीले शुक्रबार राति ४ जनाको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो।strong यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोलाstrong

केही समयअघि नवीन भनिने विशाल राईले भण्डारीलाई चाबहिलमा मोटरसाइकलले ठक्कर दिएको र पछि राईले उनलाई कुटपिट गरेका थिए। जन्मजात बोल्न नसक्ने भण्डारीले त्यसपछि राईसँग पटक-पटक मोटरसाइकलले ठक्कर दिएको घटनाका विषयमा कुरा गर्न खोजेका थिए।

कुरा हुन नसकेपछि शुक्रबार उनी काँडाघारीबाट खुकुरी बोकेर राईले काम गर्ने काठ मिलमा पुगेको र हत्या गरेको पाइएको प्रहरीले जनाएको छ। उनले सुरूमा राईको टाउकोमा खुकुरी हानेर हत्या गरेको र पछि त्यहाँ अरू मान्छे पनि देखेपछि उनीहरूले प्रहरीलाई भनिदिने ठानेर अन्य तीन जनाको पनि सोही खुकुरी प्रहार गरेर हत्या गरिएको प्रहरीको भनाइ छ।

भण्डारीले सोही मिलमा काम गर्ने दोलखाका कुमार भनिने पूर्णबहादुर भुजेल, उनकी पत्नी अम्बिका भुजेल र आमा शुभद्रा भुजेलको पनि हत्या गरेका थिए।strong यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोलाstrong

चार जनाको हत्या गरेर भण्डारी काँडाघारीस्थित दिदीभिनाजुको घरमा गएर बसेका थिए। आइतबार बिहान उनलाई काठमाडौंमा प्रहरीले आफूलाई पक्रिन सक्ने ठानेर सिन्धुपाल्चोक जान लागेको अवस्थामा पक्राउ गरेको हो।

हत्या गरिएको घटनाको अनुसन्धान गर्न प्रहरी वरिष्ठ उपरीक्षक सुमन सिंह राठौरको नेतृत्वमा तीन सदस्यीय समिति गठन गरिएको थियो । सो समितिले ३७ घण्टाको सक्रियतामा संलग्नलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

प्रहरीले सार्वजनिक गरेको अभियुक्त र घटनाक्रम माथि केहीले भने आशंका गरेका छन् । उनीहरुले एउटा जन्मजात बोलीसम्म नभएको व्यक्तिले त्यति निहुँमै असम्बन्धित मात्र होइन चार चार जनाको सामूहिक हत्या कसरी strong यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोलाstrongगर्न सक्ला भन्दै आशंका व्यक्त गरेका छन् ।

सामाजिक सञ्जालमार्फत उनीहरुले घटना तोडमोड र ठूलै व्यक्ति जोगाउन उक्त प्रपञ्च रचिएको आरोपसमेत लगाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *