घरमा बारम्बार दाजु बहिनी कोठा बन्द गरेर अङालो मारी बस्थे आफ्नै मामाले खोले यस्तो रहस्य

News

झापा मा आफ्नै आमा का दुई सन्तान दाजु बहिनी घर बाट भागेका छ्न । केही समय अगाडि देखि बहिनी बिरामी रहेको र दाजु भने भारत कामको सिल्सिला मा जाने आउने गरेको आमा ले बताइन उनी हरु को उमेर सत्र र पन्द्र बर्ष रहेको छ यसरि दाजु बहिनी एक्कासी घर मा खबर नै नगरी हराउदा सङ्खा उब्जिएको छ।

दाजु भने भारत बाट केही समय अगाडि घर आएको र बिरामी बहिनिको हेरबिचार गरेर बस्ने गरेको उनी ले बताए उनिहरुको आयुस बिक र आशिका बिक नाम रहेको छ । र आयुश भने एक बर्ष अगाडि मात्र घर आएको रहेछ्न उनी समय समय मा आउदै जाँदै गर्ने गरेको तर यो पाली कोरोनाले गरेर आफ्नै ठाउँ दमक मा साथी र उ मिलेर काम गर्ने गरेको उनी ले बताए तर यसरी एक्कासी घर छोडेर हिडे पछि सङ्खा को नजर ल हेरिएको छ ।

उनी हरु साथी सहित तिनै जाना घर मा सल्लाह बिना नै हिडेको र एसरी हिडेपछी पुलिस लाई सम्पर्क गरेर बो डर बाट सामाएर आमा सग घर पनि पठाएदिएको तर बिच बाट नै भागेका छ्न । यसरि बिच बाट भाग्दा नक रात्मक सो च पनि आएको उन्कि आमा ले बाताइन ।

कतै दाजु ले बेच्न त लगेको हैन आज भोलि को आफ्नो को पराइ यहाँ बाउले छोरी भन्दैन आमा ले छोरा र परिवारिक झमेलाको कारण ले गर्दा दाजु बहिनी कमाउन पनि जान सके काहुन्छ्न काम को खोजिमा यहाँ सकारत्मक र नकरात्मक दुबै पक्ष रहेको छ ।

दाङ तुलसीपुरमा जन्मिएकी टीका सानु बिक पछिल्लो समय चर्चित लोकदोहोरी गायिका बनेकी छन्।सानैदेखि गीत संगीतमा रूचि राख्दै अगाडि बढेकी उनी अहिले काठमाडौंमा रहेर गीत संगीतकै बाटोमा हिँडिरहेकी छन्।खास गरी लाइभ दोहोरी प्रतियोगितामा सहभागी हुँदै कहिले जीत कहिले हारको सामना गरेर अहिले आफ्नै स्वरमा धेरै गीत रेकर्डङ गरिसकेकी छन्।

लाइभ दोहोरीकी रानी भनेर चिनिने टीका सानूको व्यक्तिगत जीवन भने कहालीलाग्दो छ। दाङ तुलसीपुरमा उनी घरकी ४ दिदिबहिनी मध्ये माइँली छोरी हुन्। बाबा आमा २ दिदी र दुई बहिनीको परिवार रहेको उनको बाल्यकाल अभाव र पीडामा बित्यो

सामान्य परिवारमा जन्मिएकी उनले गरिवीसँगै परिवारमा भएको लैंगिक असमानतासँग लडेरै बित्यो।स्टेज प्रोग्राम र लाइभ दोहोरीमा व्यस्त यी गायीका फुर्सदको समयमा आफ्नो बाल्यकाल सम्झिन्छिन्।पुरूष प्रधान समाजमा हुर्किएकी उनले बुबा र हजुरआमाको काखमा खेल्न कहिल्यै पाइनन्।उनकी आमाले चार सन्तानलाई जन्म दिए पनि छोरा नजन्माएको भन्दै बुबा र हजुरआमाले उनकी आमा र चारै दिदीबहिलाई कहिल्यै आफ्नो सन्तान जस्तो माया गरेनन्।

‘सानो हुँदा मिठो गाँस पाइनँ, स्यारसुसार त टाँढाको वस्तु थियो मेरा लागि। बिचरी मेरी आमाको के दोष? छोरा नजन्मिनुमा,’ आँखाभरी आँशु पारेर अगाडि भनिन्,‘आफू जन्मेको एघार दिन नपुग्दै हजुर-आमा र आफ्नै बुबाले सुत्केरी आमा र मलाई घरबाट निकालिदिनु भएको थियो।’हजुरआमा र बुवाको हेलाको सिकार लामो समयसम्म उनले भोगिन्।हजुरआमा मरेर गए पनि उहाँले कहिल्यै मिठो शब्द बोलेको हामीलाई थाहा छैन। उहाँले बारम्बार भन्नुहुन्थ्यो- छोरीले धन खानु र भैसीले बन खानु एउटै हो।

हाम्रो परिवारमा लैंगिक असमानता निकै थियो। मेरी आमाले शारीरिक यातना र मानसिक यातना धेरै भोग्नुभएको छ। हामी सबै छोरी नै छोरी जन्मिएपछि आमाले बुबाको कति कुटाइ खानुभएको थियो।हुँदा हुँदा बाबाले आमामाथि दुई वटा सौता थपिदिनुभयो। कारण एउटै थियो- छोरा जन्माउन। तर, हामी भाग्यमानी रहेछौ। सौतेनी आमाहरू एक-दुई वर्षमै अर्कैतिर जानुभयो।जीवन निकै अप्ठेरो थियो। साँझ- बिहान के खाने भन्ने समस्या थियो।

गरिबीले सताइरहँदा हामी छोरिलाई समाजमा हेरिने दृष्टिकोण फरक थियो। हाम्रो बाल्यकाल हेला, तिरस्कार, र अभावमै बित्यो।घर वरपर सांस्कृतिक कार्यक्रम भएको बेला खुट्टामा लगाउने चप्पलसमेत हुँदैन थियो। म कयौं कार्यक्रममा भाग लिन जाँदा चप्पल नलगाई खाली खुट्टा नै गएको छु। गीत गाउन विभिन्न महोत्सवमा जाँदा धेरै पटक पुरस्कार जितेको छु। थोर पटक मात्र हारेको छु, जित्दा फुरूङ्ग हुने यो मन हार्दा नरमाइलो लाग्थ्यो।

त्यस्तै सात-आठ कक्षामा पढिरहँदा धेरै लोक-गीत प्रतियोगितामा भाग लिएको छु। प्रतियोगिताका लागि बाहिर जाँदा आफूसँग पैसा नहुँदा आमाले अरूसँग २०-३० रूपैयाँ ऋण खोजेर भए पनि मलाई कार्यक्रममा पठाउनु हुन्थ्यो। कतिले त ऋणसमेत पत्याउँदैन थिए। आमाले पैसा सापट माग्दा अरूले गरेको नराम्रो व्यवहारका दिनरू मैले अझै सम्झिरहेको छु।कार्यक्रममा भाग लिन जाँदा आफूसँग राम्रो लगाउने लुगा नहुँदा धेरै पटक साथीको लुगा लगाएरै गएको छु।

कमजोर पारिवारिक अवस्थाका कारण आफूले सोचे जस्तो सफलता पाउन नसकेको उनी सांगीतिक दुनियाँमा संघर्ष गर्न २०६८ सालमा तुलसीपुरदेखि काठमाडौं आइन्।तर काठमाडौंमा पनि कहाँ सजिलो थियो र? उनी काठमाडौं आएपछि घरको अवस्था झन खस्किँदै गयो। दुई छाक खान र एकसरो कपडा लगाउनसमेत समस्या भएपछिआमालाई वैदेशिक रोजगारीका लागिपठाउनु परेको उनी बताउँछिन्।s

घरमा दिदिबहिनी मध्ये दिदी र एक बहिनीले बिहे गरेर गएपछि उनलाई काठमाडौं बसेर सांगीतिक यात्रा अगाडि बढाउन थप समस्या भयो। घरको समस्याले सताउन थाल्यो। त्यसपछि पुनः ‍उनी गाउँ फर्किइन्।‘घरमा दिदी बहिनी नै नभएपछि आफूलाई व्यवहारले च्याप्दै गयो अनि संघर्ष गर्दागर्दै घर फर्किए,’उनले ब्रेकएनलिक्ससँग भनिन्,‘यो दुनियाँमा अलिपछि परेपनि संघर्ष गरेर आफूलाई चिनाउन लागि मेहनत गरेरै छाडेँ।’

आमाकै प्रेरणाले गर्दा आज यो स्थितिमा आएको भन्दै उनले त्यसको एकवर्षपछि पुनः काठमाडौं आएर ठमेलका केही दोहोरी साँझमा काम पाइन्।दोहोरी साँझमा काम गर्न पनि कहाँ सजिलो छ र! राम्रा र नराम्रा सबै खाले मानिसको सामना गर्नुपर्छ। असल महिलाहरूको लागि यो पेशा निकै गाह्रो छ। बचेर काम गर्नुपर्छ।s

मलाई यो क्षेत्रमा धेरै मान्छेले धेरै खालका आश्वासनसमेत दिए। लोभ पनि देखाए। यहाँसम्म कि, अरू चर्चित गायिकाको नाम लिएर त्यस्तै हिट गराइदिन्छुसमेत भने। तर म कसैको लोभ लालच र आश्वासनमा परिनँ।सङ्घर्षको समयमा उनलाई कुनै पत्रकारलेसमेत साथ दिएनन्। मानसिंह खड्का दाइले मेरो अन्तर्वार्ताका लागि एक जना पत्रकारसँग कुरा गर्नुभयो। तर कसैले अन्तर्वार्ता लिन मान्नुभएन। एक जना पत्रकारले मन नलागि नलागि अन्तर्वार्ता लिनु भयो। तर, प्रसारण गर्नुभएन त्यो दिन म धेरै रोए।

दोहोरीमा गाएसँगै उनले दोहोरी गीतका एल्बमहरू पनि निकाल्न थालिन्। अहिलेसम्म ४० वटा जति एल्बम निकालिसकेकी उनले रेकर्ड गरेका गीतभन्दा लाईभ दोहरी नै दर्शक स्रोताको रोजाइमा पर्ने गरेको बताइन्।अहिले काठमाडौंमा इन्द्रेणी कार्यक्रममा लाइभ दोहोरीमा जमिरहेकी उनलाई आज करौडौं दर्शकले साथ दिएका छन्।

गीत गाउने क्रममा मुलुक भित्र र बाहिरका हिँड्ने क्रममा देशका विभिन्न स्थानहरु घुमिसकेकी उनी विदेश पनि घुमिसकेका छन्।अविवाहित उनी अहिले काठमाडौंमा बाग्लुङकी गायीका धनमायाँ नेपालीसँग बसिरहेकी छन्।जसको धेरै व्यक्तिसँग धेरै सम्पर्क हुन्छ उसैले बिदेसमा धेरै स्टेज पाउँने भन्दै उनले कम लिङ्क भएका हामीजस्ताले निकै संघर्ष गर्नुपर्ने बताइन्।

अब उनको एउटै चाहना साउदीमा रहेकी आमालाई घर बोलाएर यही राख्ने उनको चाहना छ।हरेक क्षेत्रमा खुट्टा तान्ने प्रवृत्ति रहेको स्वीकार्दै उनले आफूलाई यो क्षेत्रमा अगाडि बढ्न नदिन खुट्टा तान्नेहरू धेरै रहेको बताइन्।कलाकारिता क्षेत्रमा आफूले अझै धेरै गर्न बाँकी रहेको भन्दै उनले आफू स्थापित भइसकेपछि विहे गर्ने बताइन्।

उनी बाटोमा हिँड्ने क्रममा स-साना बच्चा आफ्नो बुवाको काखमा लुट्पुटिएको देख्छिन् तब उनलाई आफ्नो बाल्यकाल याद आउँछ र प्रस्न गर्न मन लाग्छ-बुवा भएर पनि उहाँको काखमा म किन अँटाउन सकिनँ?मलाई पनि सबै बालबालिका जस्तै बाबाको काखमा लुटपुटिएर खेल्न रहर कति हुँदो हो यस्तै यस्तै कुराले कहिलेकाही उनलाई झस्काउने गर्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *