तीनदिन नेपाल बन्दको घोषणा

News

लघुवित्तीय संस्थाबिरुद्धको संघर्ष समितिले नेपाल बन्दको घोषणा गरेको छ ।

लामो समयदेखि आन्दोलनमा रहेको संघर्ष समितिले आफ्ना माग सम्बोधन नभएको भन्दै असार २९,३० र ३१ गते नेपाल बन्द गर्ने भएको हो । लघुवित्तहरुको ज्यादतीविरुद्ध आन्दोलनलाई सशक्त बनाउन यो निर्णय गर्नुपरेको संघर्ष समितिले जनाएको छ ।

लघुवित्तीय संस्थाहरु खारेज गर्नुपर्ने, उनीहरुले लगाएको सामूहिक ऋण मिनाहा गर्नुपर्ने, गरिब किसानलाई निशुल्क ऋण प्रदान गर्नुपर्ने, समाजवादी अर्थतन्त्र विकास गर्नुपर्ने जस्ता माग राखेर संघर्ष समिति लामो समयदेखि आन्दोलनमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *