भारतको खटिमामा कारको ठक्करबाट एकै परिवारका ४ नेपालीको मृत्यु

News

कञ्चनपुर कञ्चनपुरको सीमावर्ती भारतीय बजार बनबासानजिकै पर्ने खटिमा चकरपुरमा सडक दुर्घटनामा परेर एकै परिवारका चार जनाको मृत्यु भएको छ। शनिबार दिउँसो कार र दुई स्कुटर एकआपसमा ठोक्किँदा चार जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन्

खटिमाको मुडेली गाउँमा बस्दै आएका ६० वर्षीय नेमबहादुर चन्द, उनकी पत्नी ५६ वर्षीया सरस्वती, २७ वर्षीया बुहारी नर्मदा चन्द र ४२ वर्षीया कल्पना चन्दको मृत्यु भएको हो। उनीहरू कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखाममा पूजापाठ गरेर फर्किरहेका थिए। त्यस क्रममा तीव्र गतिको कारसँग चकरपुरमा उनीहरू सवार दुई स्कुटर ठोक्किएका थिए।

दुर्घटनामा परेर गम्भिर घाइते भएका उनीहरूलाई उपचारका लागि खटिमास्थित नागरिक अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका हुन्। दुर्घटनामा ज्यान गुमाएका चन्द परिवारको भीमदत्त नगरपालिका–२ उल्टाखाममा पनि घर छ। उल्टाखाममा मृतक नेमबहादुरका दाइ तेजबहादुर बस्ने गरेका छन्। ‘उहाँहरू कामको शिलशिलामा खटिमामा बस्थे ।

मृतकको शव पोष्टमार्टमका लागि अस्पतालमा राखिएको छ। छोराहरू खटिमा पुगेपछि हिन्दु परम्पराअनुसार शारदा घाटामा अन्तिम संस्कार गरिनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *