कैलालीमा ४७ बर्षिय बुवा माथि खु”कुरी प्र”हार || पैसा माग्दा भयो झ”गडा || अवस्था ग”म्भीर (हेर्नुस भिडियो सहित)

News

कपिलवस्तु : लागूऔषध विरुद्धको पुनर्स्थापना केन्द्रमा जवरजस्ती लैजान खोज्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा लाइफ केअर ड्ग्स अल्कोहल एण्ड रियाबिलिटी सेन्टर भैरहवाबाट लु १ ज ३१५४ नम्बरको इको भ्यानमा आएका चालकसहित सेन्टरका कर्मचारीलाई प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा रुपन्देही सिद्धार्थनगर नगरपालिका-३ बस्ने ३० वर्षीय सुनिल पाण्डे, ओमसतिया गाउँपालिका-२ बस्ने १९ वर्षीय विजय नेपाली, तिलोत्तमा नगरपालिका-१५ बस्ने १९ वर्षीय थमन रोका र ओमसतिया गाउँपालिका-२ बस्ने २३ वर्षीय मनोज गुरुङ रहेको प्रहरीले जनाएको छ।

मायादेवी गाउँपालिका-१ बर्रोहिया चौकमा स्थानीय सविना खातुनले आफ्नो पति हैदर मुसलमानलाई लागू औषध सेवन गर्ने भएकोले पुनर्स्थापना केन्द्रमा लैजान सम्झौता गरेकोमा पक्राउ परेका पुनर्स्थापना केन्द्रका उनीहरूले अन्य स्थानीय युवालाई पक्राउ गरी भैरहवा तर्फ लैजान खोजेका थिए।

सो अवसरमा स्थानीसँग झडप समेत भएको थियो। पुनर्स्थापना केन्द्रका ४ जनालाई स्थानीयले कुटपिट समेत गरेका छन्। पक्राउ परेका ४ जनालाई प्रहरीले अभद्र व्यवहारमा मुद्दा दर्ता गरी अनुसन्धान प्रक्रिया अघि बढाएको प्रहरी नायब उपरीक्षक गंगाबहादुर थापाले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *