यौन सम्पर्कपछि किन रुन्छन् महिला ?

News

एजेन्सी । मानिसको जीवनलाई राम्रो र सुन्दरता बनाउनको लागि यौन जीवनको महत्वपूर्ण भूमिका रहेको हुन्छ

हाम्रो समाजमा यौनलाई नराम्रो मानिए पनि हरेक मानिसको जीवनमा नभई नहुने आवश्यकता हो

मुख्यतया विवाहित जोडिको लागि यौन जीवन एकदमै महत्पूर्ण हुने गर्छ । यदि उनीहरुको यौन जीवन राम्रो नभए सम्वन्धमा नै समस्या सृजना हुने गर्छ

त्यसकारण यौन जीवन मानिसको जीवनलाई सफल र सुन्दर बनाउनमा एकदम ‍ठूलै भूमिका रहेको हुन्छ *

यौन जीवन राम्रो नभए विविध किसिमका तनाव हुन्छ । मानव जीवनको एउटा महत्वपूर्ण पाटो नै हो ‘यौन जीवन’ । यौन सम्पर्कले शारीरिक रुपमा फाइदा हुनुका साथै मानसिक खुसी पनि प्राप्त हुन्छ ।

यौन सम्पर्कले सम्बन्धलाई बलियो मात्र बनाउँदैन, हाम्रो स्वास्थ्यका लागि पनि निकै लाभदायक मानिन्छ । तर महिलाहरु सहमतिमा नै यौन सम्पर्क गरेपनि निराश हुने गर्छन् ।*

आज हामी तपाईलाई यौन सम्पर्कपछि किन महिलाहरु निरास हुन्छन् भन्ने विषयमा जानकरी दिन गइरहेका छौ । हालैमात्र एउटा अनुसन्धानले यौन सम्पर्क पछि महिलाहरु निराश हुनुका कारण पत्ता लगाएको छ ।

क्वीन्सलैण्ड यूनिवर्सिटी अफ टेक्नोलोजीले गरेको अनुसन्धान अनुसार यौन सम्पर्कको क्रममा चरमसुख, अत्यधिक आनन्दको अनुभुतिसँगै निराशा पनि एक प्रकारको भावनात्मक अभिव्यक्ति हो ।

सहमतिमा यौन सम्बन्ध राखिसकेपछि पनि धेरै महिलाहरुमा निराशाको भावना जन्मिन्छन् र यो ‘मनोवैज्ञानिक समस्या भएको अनुसन्धानकर्ताहरुको भनाइ छ ।

२ सय ३० महिलाहरुमाथि गरिएको अनुसन्धानमा धेरै महिलाहरुले सेक्सपछि तनाव र निराश महसुस गरेका थिए । कयौं महिलाहरु यौन सम्पर्कपछि बाथरुममा रुने पनि गरेको अनुसन्धानकर्ताहरुले दावी गरेका छन् ।

कुनै-कुनै महिलाहरुमा यो समस्या धेरै रहेको र कुनैमा थोरै रहेको प्रतिवेदनमा उल्लेख छ । यस्तो अवस्थामा यौन सम्पर्क पछि आफ्ना साथीलाई निकै ध्यान दिनुपर्ने चिकित्सकहरुले सुझाव दिएका छन् ।*

तपाई जति सेक्समा रमाउन खोज्नु हुन्छ त्यति नै सेक्स पछि पनि आफ्ना पार्टनरसंग समय विताउन जरुरी छ । यसले मात्र तपाईको जीवन सबैतिरबाट सफल र सुन्दर बन्न सक्छ ।*

Leave a Reply

Your email address will not be published. Required fields are marked *