३७ वर्षीय पुरुषले छोरा जन्माए, कसरी भयो सम्भव ?

News

काठमाडौं = एक पुरुषले छोरालाई जन्म दिएका छन् । अमेरिकाको लस एन्जलस निवासी एक, पुरुषले छोरालाई जन्म दिएका हुन् । ट्रान्स्जेन्डर पुरुष बेनेट कास्पर विलियमले एक स्वस्थ बच्चालाई जन्म दिएका हुन् ।

जानकारी अनुसार ३७, वर्षीय विलियम एक ट्रान्सजेन्डर पुरुष हुन् ।करिब ७, वर्ष अघिसम्म महिला रहेका विलियमले सर्जरीमार्फत ब्रेस्ट हटाए र अन्य ट्रिटमेन्टमार्फत विलियमले पुरुषमा हुने हर्मोनहरु परिवर्तन गराएका थिए ।

तर मातृ,सुख लिन चाहेका विलियमले लिंग भने परिवर्तन गराएका थिएनन् । उनै ट्रान्सजेन्डर पुरुष विलियमले सन् २०१७ :मा मलिक नामक पुरुषसँग प्रेम सम्बन्धमा गाँसिए ।

लामो समयसम्म लिभिङ रिलेसनमा बसेको सो दम्पतीले सन्तान जन्माउने फैसला गरेको बताइएको छ । फैसलापछि विलियमले सन् २०२०: अक्टोबरमा छोरालाई जन्म दिएको समाचार डेलिमेलमा छ । उनले आफ्ना छोराको नाम हडसन राखेका छन् ।

विलियमले पछिल्लो समय सामाजिक सञ्जालमार्फत नराम्रो अनु भूति सेयर गरेका छन् । छोरालाई जन्म दिएको एक वर्ष पछि आफूले नर्स विभिन्न छिमेकी र आफन्तबाट नराम्रो अनुभूति लिनुपरेको उनले बताएका छन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *