धरानबाट काँकडभिट्टा आउँदै गरेको बस दुर्घटना, १४ यात्रु घाइते

Uncategorized

सुनसरीको धरानबाट झापाको काँकडभिट्टा आउँदै गरेको बस दुर्घटनामा परेको छ । तीव्र गतिमा धरानबाट आइरहेको मे १ ख २७४० नम्बरको बस तरहराको होम्स नजिकै सडकको डिभाइडरमा ठोक्किएर पल्टिएको थियो । दुर्घटनामा १४ जना यात्रु घाइते भएको ट्राफिक प्रहरी कार्यालय धरानले जानकारी दिएको छ

घाइते मध्ये ३ जनाको टाउकोमा चोट लागेकाको अवस्था गम्भीर रहेको छ भने अन्य ११ जना सामान्य घाइते भएका छन् । घाइतेहरूको धरान स्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ । तीव्र गति र वर्षाका कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

बसका चालकलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय इटहरीमा राखिएको छ । दुर्घटनाको विषयमा थप अनुसन्धान सुरु गरिएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *