आँगन खन्दा भेटियो देख्दै सातो जाने बस्तु, त्यो भित्र खोलेर हेर्दा झण्डै ढलेनन् यि

News

एजेन्सी । विरुवा रोप्नका लागि आफ्नो घरको गार्डन खन्दा भेटिएको थोत्रो बाकस खोलेर हेर्दा दम्पती छक्क परेका छन् । घटना हो न्यूजल्याण्डको । जहाँको स्टेलन आइल्याण्डमा एक दम्पतीले याँ विरुवा रोप्नका लागि आफ्नो घरको गार्डन खन्दा एउटा थोत्रो बाकस फेला पार्दा उनीहरुमा खासै परिवर्तन आएको थिएन ।

तर जब उक्त दम्पत्तीले बाकस खोले र देखो पुराना गरगहना तथा बहुमूल्य बस्तुले भरिएको । बाकस फेला पारेका जवाहारात र उनकी पत्नीले उक्त बाकस चोरी भएको हुन सक्ने आशंका गरेर प्रहरीमा खबर गरेका थिए।

त्यसपछि उनीहरुको होश उड्यो । उक्त बाकसभित्र भेटिएको झोलामा धेरैजसो सुनका सिक्दा तथा सिक्री फेला परेको बताइएको छ । उक्त बाकसभित्र भएको उक्त बस्तुको मूल्य करिब ५२ हजार डलर भएको अन्तराष्ट्रिय मिडियाले उल्लेख गरेका छन् ।

यो पनिमन परेको मान्छेलाई आफ्नो भावना कसरी व्यक्त गर्ने ?मान्छेको स्वभाव भिन्नभिन्न हुन्छ । यही स्वभावका आधारमा उनीहरुको बानी-व्यवहार भर पर्छ । कसैले आफूलाई लागेको कुरा निर्धक्कसँग व्यक्त गर्न सक्छन् भने कसैले मनको कुरा भन्नै सक्दैनन् ।

धेरैले आफूलाई लागेको कुरा व्यक्त गर्ने भए पनि प्रेमको मामिलामा भने आफ्ना भावना व्यक्त गर्न हिच्किचाउँछन् । तपाईं पनि कसैलाई आफ्ना भावना र अन्तर्मनको कुरा भन्न खोज्नुहुन्छ, तर सकिरहनुभएको छैन भने आफ्नो मनको कुरा यसरी व्यक्त गर्नुहोस्

साथी बन्न पहल गर्ने:यदि तपाईं कसैलाई मनको कुरा भन्न चाहनुहुन्छ भने सबैभन्दा पहिला उसलाई साथी बनाउन पहल गर्नुपर्छ । साथीसँग मनको कुरा खुलेर व्यक्त गर्न सकिने भएकाले साथी बनाउनु राम्रो हुन्छ ।

सम्बन्ध गहिरो बन्दै गएपछि उसलाई मनको कुरा भन्न सकिन्छ । धेरैले सम्बन्ध गहिरो बन्दै गएपछि कुनै कुरा व्यक्त नगरी पनि बुझ्न सक्छन् । तपाईंले के भन्न चाहनुभएको छ ? के सोचिरहनु भएको छ ? र के महसुस गर्नुहुन्छ ? भनेर धेरैले नभनेरै चाल पाइसकेका हुन्छन् ।

कफी डेटमा जाने:यदि तपाईं कसैलाई मन पराउनु हुन्छ भने उसलाई कफी डेटका लागि प्रस्ताव गर्न सक्नु हुन्छ । मन परेको मान्छेलाई आफूप्रति आकर्षित गर्न कफीमा मुटुको आकृति बनाउन सकिन्छ । यसो गर्दा उसले तपाईंको भावना सजिलै बुझ्छ । यसका अलावा कुनै सरप्राइज पनि दिन सकिन्छ । जसकारण उसले तपाईंको भावना बुझ्न सहज होस् ।

ग्रिटिङ कार्ड दिनु:ग्रिटिङ कार्डको माध्यमबाट आफ्ना भावना व्यक्त गरेर पनि तपाईं आफ्नो मनको कुरा भन्न सक्नुहुन्छ । तपाईं कसैलाई मन पराउनुहुन्छ र मनको कुरा भन्न डराइरहनु भएको छ भने ग्रिटिङ कार्ड दिएर भावना व्यक्त गर्नु उपयुक्त हुन्छ ।

मन परेको मान्छेसामु भावना व्यक्त गर्न र उसबारे आफ्नो सोच बताउन पर्व, उत्सव तथा जन्मदिनजस्ता अवसरमा ग्रिटिङ कार्ड दिन सकिन्छ । ग्रिटिङकार्डसँग चक्लेट पनि दिन सकिन्छ । यस्तो गर्दा उसलाई तपाईंको मनोभाव बुझ्न सहज हुन्छ ।

मन पर्ने नपर्ने कुराको ख्याल गर्ने:यदि कसैलाई मन पराउनु भएको छ भने उसलाई मन पर्ने–नपर्ने कुराहरुमा पनि उत्तिकै ध्यान पुर्‍याउनुपर्छ । कसैलाई प्रभावित पार्नु छ भने उसलाई मन पर्ने कुराका बारेमा ख्याल गरे तपाईंप्रति उसको विश्वास बढ्न जान्छ ।

तपाईंले चाहेको मान्छेलाई के गर्न मन पर्छ के गर्न पर्दैन ? कस्तो खानेकुरा मन पर्छ कस्तो मन पर्दैन ? ऊ केलाई प्राथमिकता दिन्छ ? जस्ता कुरामा ध्यान दिए उसले तपाईंको भावना बुझ्न सक्छ । यसले सम्बन्धलाई प्रगाढ बनाउनुका साथै एकअर्काप्रति लगाव बढाउँछ ।

कुरा गर्ने बहाना खोज्ने:कसैलाई माया गर्नुहुन्छ भने तपाईंले ऊसँग कुरा गर्ने बहाना खोज्नुपर्छ । जति बढी हुन्छ ऊबारे जान्ने, बुझ्ने कोशिश गर्नुपर्छ । तपाईंलाई मन परेको मान्छेसँग समय बिताउन मन लाग्ने कुरा र नजिक हुन चाहने कुरा व्यक्त गरे तपाईकों मनको कुरा उसले बुझ्न सक्छ ।

सधैं साथ निभाउने:मन परेको मान्छेलाई दुःखमा परेको कसैले हेर्न चाहँदैन । तपार्इंलाई पनि मन परेको मान्छेलाई कसैको साथ सहयोगको खाँचो छ भने उसलाई साथ सहयोग दिनुपर्छ । तपाईंले यस्तो गर्नु भयो भने तपाईंले राखेको ख्याल र दर्शाएको प्रेमभाव अर्काले सहजै महसुस गर्न सक्छ । यसमा भावना मात्रै देखिंदैन, प्रेम पनि व्यक्त भइरहेको हुन्छ । ओन्ली माइ हेल्थबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *