जापानमा असामयिक निधन भएका धादिङका थापाको शव नेपाल पठाइदिन परिवारको अनुरोध,आर्थिक सहयोगका लागि आह्वान

News

टोकियो/जापान।जापानको फुकुसिमा प्रिफेक्चरमा विद्यार्थीका रुपमा रहेका,२३ वर्षिया नेपाली विद्यार्थीको यहि सेप्टेम्बर २७ तारिख असामयिक निधन भएको थियो ।

आफु र परिवारका अनगिन्ती सपना र योजनाहरु लिएर जापान आएका धादिङ थाक्रे ०८ का दिनेश थापा २३ वर्षकै कलिलो उमेरमा जीवन संघर्षदेखि हारे र नेपाली समुदायले अर्को दुखद खबर सुन्नुपर्यो । मृत्युका घटना जुन सुकै उमेर र स्थानमा भएको नै किन नहोस् सुखद त कहिलै हुनैसक्दैन ।त्यसमा पनि परदेशमा र अल्पायुमै भएका यस्ता निधनहरुले आफन्त र घरपरिवारमा पर्ने पिडाको स्वयम भोग्नेहरुले भन्दा बाहेक अरु कसले बुझ्न सक्ला र ?

फुकुशिमा प्रिफेक्चरको इवाकी सिटीमा रहेको हिगाशी निहोन कोकुसाई दाइ गाकु अन्तरगतको निहोंगो गाकोउमा अध्यनरत २३ वर्षीय दिनेश थापा असामिक निधनले हामी सबै दुखी छौँ । परिवार जन विछिप्त छन् । यो दुःखद घडीमा परिवारले जिवितै विमानस्थलमा स्वागत गर्न नपाएपनि अन्तिम पटक पार्थिव शरिरलाई मात्रै भएपनि भेट्ने ईच्छा राखेकाले उनको शव नेपाल पठाउने तयारी गरिएको छ।

शव नेपाल पठाउन ठूलो रकम आवश्यकता पर्ने भएकाले,धादिङ समाज जापानले जापानमा रहेका नेपाली संघ/संस्था तथा सम्पूर्ण नेपाली समुदाय समक्ष सहयोगका लागि अनुरोध गर्दै,सहयोग संकलन अभियान संचालन गरेको छ। हामीले थोरै मात्रै भएपनि सहयोग गर्न सके,त्यो पिडामा विक्षिप्त परिवारको इच्छालाई पुरा गर्न सम्भव हुने थियो।

त्यसैले तपाई पनि सहयोग गर्न चाहनुहुन्छ भने धादिङ समाज जापानतो खातामा सहयोग रकम ट्रान्सफर गरेर सहयोगी बन्न सक्नुहुनेछ।

धादिङ समाज जापान बैंक खाता
Japan Post Bank
10060-49949891

थप जानकारीका लागि

Leave a Reply

Your email address will not be published. Required fields are marked *