बझाङमा भुकम्प परी ६ जना घाईते

News

बझाङ। भुकम्पका कारण बझाङमा ६ जना घाईते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। सत्यबादि मावि भोपुरका ४ जना विद्यार्थी १ जना केदार स्युँ गाउँपालिकाको र १ जना खप्तडछान्ना गाउँपालिकाका गरेर ६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बझाङका सुचना अधिकारि ईन्सपेटर दिपेश चौधरिले जानकारी दिए।

उनिहरूको जिल्ला अस्पतालमा उपचार भै रहेको छ। यस्तै भुकम्प गएपछि थलारा मावि खोलिमा अध्यरत विद्यार्थीहरू भागदौड गर्ने क्रममा बेहोस भएको स्थनियले जानकारी दिएको छ।

एउटा बाख्रो मरेको प्रहरीले जनाएको छ। भुकम्पका कारण पहिरो गएपछि जयपृथ्वि राजमार्ग समेत अबरुद्ध भएको प्रहरीले जानकारी दिएको छ। जयपृथ्वि राजमार्ग ठाउँ ठाउँमा पहिरो गएका कारण राजमार्ग अबरुद्ध भएको हो। अहिले साना तथा ठुला सवारिका साधन बन्द भएका छन्। जिल्ला भरिएको विवरण आउन अझै बाँकि छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *