देशको हिरो रबी लामिछाने पुगे भारतले सिमा मिचेको दशगजा क्षेत्रमा, भारत थर्कमान हुनेगरी गरे यस्तो घोषणा !

News

नेपालको छोरा रबि लामिछाने पुगे भारतले सिमा मिचेको दशगजा क्षेत्रमा (रबिलाई साथ दिनेल शेर गर्नुस)

काठमाडौं । लकडाउनको मौका छोप्दै भारतले दशगजा क्षेत्रमा बाँध विस्तार गरेको पाइएको छ । रौतहटको ईशनाथ नगरपालिकासँग जोडिएको नेपाल भारत दशगजा क्षेत्रमा भारतीय पक्षले पाँच फिटभन्दा बढी माटो थपेर बाँधको उचाइ बढाइरहेको छ ।

जंगे पिलर संख्या ३४७ को पूर्व, मझौला पिलर ३४६-५ हुुँदै बन्जरहासम्म भारतले एक दशक अघि बाँध बनाएको थियो । अहिले त्यसलाई अग्लो बनाउँदैछ ।

दशगजा क्षेत्रमा पक्की वा अस्थायी कुनै किसिमका संरचना बनाउन पाइँदैन । तर, भारतले अवैध रुपमा बाँध बनाएका कारण नेपाली भूभाग डुबानमा पर्दै आएको छ । त्यस्ता संरचना भत्काउनु पर्नेमा भारतले भने सिमेन्टका बोराहरूमा माटो तथा ढुङ्गा भरेर तथा बाँधको चौडाइसँगै उचाइ बढाउने काम गरिरहेको छ ।

भारतले बाँध बनाइरहेको विषयमा स्थानीय प्रशासनलाई जानकारी गराए पनि सरकारी स्तरबाट कुनै पहल नभएकोले ईशनाथ नगरपालिका-१ का वडाध्यक्ष बिगु साह बनियाँले बताए ।

‘दुई किलोमिटरभन्दा लामो, १५ फिटभन्दा अग्लो अनि फेदमा १० मिटरभन्दा चौडा बाँध बनाउँदा भारतले पानी निकासका लागि एउटा पनि ढोका राखेको छैन’ साहले भने, ‘स्थानीयले पटकपटक जानकारी गराउँदा सरकारी स्तरबाट रोक्ने पहल भएको छैन ।’

ईशनाथका स्थानीयवासीमा भने वर्षायाममा डुवान बढ्ने क्रमसँगै आक्रोश बढेको छ । ‘दुई देशको सिमानामा यसरी बाँध बनाएर भारतीय पक्षले अत्याचार गरेको छ ।

पिल्लरसँगै जोडेर निकै अग्लो बाँध बनाएका छन्’ ईशनाथ नगरपालिका-१ का स्थानीय सुरेश साहले भने, ‘बाँधका कारण हामी वर्षेनी पीडित हुने गरेका छौं ।’

देशको हिरो रबी लामिछाने पुगे भारतले सिमा मिचेको दशगजा क्षेत्रमा, भारत थर्कमान हुनेगरी गरे यस्तो घोषणा !

Leave a Reply

Your email address will not be published. Required fields are marked *