कलावती मृत्युको सत्यतथ्य छानबिन गरि दोषि उपर कारवाहिको माग

News

कलावती मृत्युको घटनाको सत्यतथ्य छानबिन गरेर दोषि उपर कारवाहिको माग अघि सारेका छन् । मृतक कलावतीका भाई रोशन विष्टले दिदिको सामान्य अवस्थामा मृत्यु नभएको र घरायसी तनाव बढी दिने गरेको बताएँका छन् ।

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ११ कलुवापुरकी कलावती विष्ट साउद बुधबार रुखमा झुण्डिएको अवस्थामा घर पछाडि मृत फेला परेकी थिइन् ।

कलावतीका श्रीमान अर्जुन साउद रोजगारीको सिलसिलामा भारतमा छन । विवाह भएको १५ महिनामै २२ दिने छोरा बालक छाडेर कसरी आत्महत्या गरेको भन्दै माईती पक्षले छानबिनको माग अघि सारेको हो ।
उक्त घटनाको छानबिन भैरहेको प्रहरीले बताए ।

यसमा कसैको पैसा र पावरको हिसाब नगरी सत्यतथ्य छानबिन होस् भन्ने पक्षमा बिष्ट रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *