दुबै मृर्गौला फेल भएकी बझाङकी धामीलाई उपचारका लागि सहयोगको अपिल

News

धनगढी। दुबै मृर्गौला फेल भई हाल सेती प्रादेशिक अस्पतालमा उपचाररत् बझाङको बुङ्गलकी मिना धामीको उपचारमा सहयोग गरिदिन उनका आफन्तले अपिल गरेका छन्। १८ वर्षिया मिना विगत ५ दिनदेखि अस्पतालमा उपचाररत् छन्।

चिकित्सकका अनुसार उनलाई थप उपचारका लागि काठमाडौं लैजानुपर्ने र मृर्गौला फेर्नुपर्ने अवस्था छ। कक्षा १० मा अध्ययनरत् मिना एकदमै विपन्न परिवारकी हुन्। उनका बुबा समेत अपांग छन्। घरपरिवारको आर्थिक अवस्था एकदमै नाजुक रहेकाले उनको डायलासिसलगायत उपचारमा पनि निकै सकस परिरहको आफन्तले जनाएका छन्।s

धनगढीमा बिरामीका कुरुवालाई समेत खान बस्नको समस्या रहेकाले आफूले सक्दो सानोतिनो सहयोग गरिदिन मिनाका दाई दीपकबहादुर धामीले आग्रह गरेका छन् ।मिनाको उपचारका सहयोगका लागि दिपक बहादुर धामी (Dipak Badadur Dhami) को नाममा रहेको एनआईसी एसिया बैंकको खाता नम्बर 0915752765085001 वा इसेवा आइडी 9865819161 मा सहयोग रकम जिम्मा गर्न सकिन्छ । यस्तै उनको अवस्थाबारे बुझ्न दाईं दीपकलाई 9865629075,9865819161 नम्बरमा सम्पर्क गर्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *