डडेल्धुरामा एक युवतीमाथि चार जनाद्धारा सामुहिक करणी

News

डडेल्धुराः डडेल्धुरामा २० वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा भागेश्वर गाउँपालिका ३ ओड गाउँका २३ वर्षीय कमल ओड, २२ वर्षीय तपेन्द्र ओड र २८ वर्षीय दिपक ओड रहेका छन्। एक १८ वर्षीय किशोर भने फरार रहेका छन्। कमल र १८ वर्षीय किशोरले ती युवतीलाई गत वैशाख ५ गते दिउँसो सोही ठाउँस्थित नानिगाड खोलामा करणी गरेको खुलेको छ।

त्यस्तै तपेन्द्र र दिपकले गत वैशाख १२ गते साँझ सोही गाउँपालिका डेकास्थित बाझो घरको गोठमा लगि जबरजस्ती करणी गरेकोे उनीहरुमाथि उजुरी परेको छ। जिल्ला प्रहरी कार्यालय डडेल्धुरा र प्रहरी चौकी लामिकाण्डेबाट खटिएको प्रहरीले तीन जनालाई पक्राउ गरेको हो। घटनामा संलग्न मुख्य किशोर भने फरार रहेका छन्। फरार किशोरको प्रहरीले तीव्र खोजी गरिरहेको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *