ईजरायलमा अस्ताएका लोकेन्द्रले अन्तिम फोन : सानु, पैसा पठाउदै छु, दशै राम्रोसंग मनाउनु

News

काठमाडौँ । दशै तिहारको मुखैमा ईजरायलमा घटेको दुखद घटनाले यतिबेला सिंगो देश नै शोकमग्न बनेको छ । प्यालेस्टाइनी कट्टरपन्थी समूह हमासले इजरायलमा गरेको आक्रमणमा १० जना नेपालीको मृत्यु भएको छ । तिनै मध्येका एक हुन् दार्चुलाको मालीकार्जुन गाउँपालिका वडा नम्बर ४ का लोकेन्द्र सिह धामी । उनी सुदुरपश्चिम विश्वविद्यालयबाट ४९ जना साथीहरुसंगै लर्न एण्ड अर्न’ कार्यक्रम अर्न्तगत ईनरायल गएका थिए ।

उनी सुनौलो भबिष्यको मिठो सपना देखेर ईजरायल गएको एक महिना पनी भएको थिएन् । घर परिवार, श्रीमती र छोराछोरीलाई खुसी दिन पसिना बगाईरहेका लोकेन्द्रले बिरानो माटोमा रगत समेत बगाउनु पर्छ भन्ने कल्पनासायदै गरेका थिए होला । इजरायलको दक्षिणी क्षेत्र किवुज अलुमिम भन्ने स्थानमा उनी एउटा कृषी फार्ममा काम गरिरहेका थिए । उनी सधै जसो काममा जानु अघि र काम सकिएपछि घरपरिवारसंग फोनमा कुराकानी गरिरहन्थे । गत शुक्रवार पनी उनले घरमा श्रीमतीलाई फोन गरेर भनेका थिए । सानु काम शुरु गरेको एक महिना पुग्नै लागेको छ । अब त तलब आउने बेला पनी भयो । तलब आएपछि म पैसा पठाईदिन्छु । दशै राम्रोसंग मनाउनु, छोराछोरीलाई नँया लुगा किनिदिनु । यो कुराकानी नै अन्तिम होला भन्ने नत लोकेन्द्रलाई नै थाहा थियो ।

नत श्रीमतीलाई नै । त्यसको भोलीपल्टै शनिवार बिहानै ईजरायलमा हमासको आक्रमण दर्जनौ नेपालीहरु घाईते, केहीको मृत्यु लगायतका समाचारहरु छ्यापछ्याप्ती आउन थाले । समाचार सुनेर लोकेन्द्रको परिवारले लोकेन्द्रलाई सम्र्पक गर्न खोजे । तर बिडम्बना लोकेन्द्रसंग सम्र्पक हुन् सकेन् । आईतवार दिनभर नै तिनै समाचारहरु आईरहे । लोकेन्द्रको चिन्ताले छड्पटाएको लोकेन्द्रको परिवारले पटक पटक सम्र्पक गर्ने प्रयास गरिरहे तर सफल भएन् । आईतबार साँझतिर सामाजिक सञ्जालमा ईजरायलमा मृत्यु भएका नेपालीहरुको विबरण सार्वजनिक भयो । जसमा लोकेन्द्रको नाम पनी समावेश थियो । लोकेन्द्रको मृत्युको खबर सुनेपछि बिक्षप्त बनेको परिवार अहिलेसम्म पनी होशमा छैन् । लाउ लाउ खाउ खाउ भन्ने उमेरमै सिन्दुर पुछिएकी लोकेन्द्रकी श्रीमतीलाई सम्हाल्नै गाह्रो भएको छ ।

आफुहरुको सुनौलो भबिष्यका खातिर परेदेशिएको बुवा बिरानो मुलुकै ढलेपछि नाबालिग छोराछोरी टुहरा बनेका छन् । लोकेन्द्रले केही बर्ष अगाडी मात्रै प्रेम बिबाह गरेका थिए । लोकेन्द्रका ३ बर्षकी छोरी र १ बर्षको छोरा रहेका छन् । बुढेसकालको सहारा पुरानो मुलुकमा ढलेपछि लोकेन्द्रका आमाबुवा थला परेका छन् । चाडबाडको मुखैमा घटेको यो दुखद घटनाले सिंगो गाउँ नै शोकमा डुबेको छ ।

लोकेन्द्रसंगै घोडाघोडी–४ कैलालीका नारायण न्यौपाने, जयपृथ्वी–६ बझाङका गणेशकुमार नेपाली, बाउनिया–३ कैलालीका आशिष चौधरी, लेकाम–५ दार्चुलाका दिपेशराज विष्ट, सपही–६, धनुषाका आनन्द साह र मधुवन–१, सुनसरीका राजेशकुमार स्वर्णकार पनी ईजरायलमा अस्ताएका छन् । यस्तै पाँचनली–डोटीका राजन फुलारा, लामिखाल–८ डोटीका पदम थापा, सारदा–३ सल्यानका प्रवेश भण्डारीको पनी एकै चिहान भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *