गाजाकी बालिका भन्छिन्- लुक्ने ठाउँ कतै छैन, कहाँ जाउँ ?

Uncategorized

काठमाडौं । इजरायलले गाजाको उत्तरी क्षेत्रका बासिन्दालाई दक्षिणी क्षेत्र जान अल्टिमेटम दिएपछि त्यहाँका करिब ११ लाख बासिन्दाको बिजोग भएको छ ।

हजारौं मानिस घरबार छाडेर दक्षिणतर्फ लागेका छन् । सुरक्षाको खोजीमा दक्षिणी क्षेत्रको खान यूनिस आइपुग्दा पनि उनीहरूले बमबारीबाट मुक्ति पाएका छैनन्। दक्षिणी क्षेत्रमा आउँदा पनि ज्यान नजोगिएपछि अब कहाँ जाने, उनीहरूसँग जवाफ छैन ।

उत्तरी गाजा क्षेत्रबाट भागेर शनिबार खान युनिस सहर आइपुगेका हजारौँ प्यालेष्टिनीमध्ये फादी दलोउल पनि एक हुन् । ६ बालबालिकाका पिता दलोउल खान यूनिस शहरस्थित राष्ट्रसंघद्वारा सञ्चालित विद्यालयमा शरण लिन पुगेका छन् । दलोउलका मन‍भरि असह्य पीडा छन् । राति बच्चाहरूले अँगालो हालेर रुँदै र चिच्याउँदै भन्छन्,‘बाबा हामीलाई बचाउनुस् । तर उनैलाई थाहा छैन कसरी ज्यान जोगाउने ।’

प्यालेष्टिनी नागरिक फादी दलोउल

पहिला घर थियो, भित्ताहरू थिए, सब थोक थियो । तर अहिले उनी टेन्टमा जीवनको आशा लिएर बसिरहेका छन् ।
जब उनीहरूले घर छाडे, घरका भित्ताहरूलाई चुम्बन गरे र भारी मनले त्यहाँबाट बाहिरिए । यो सङ्कट कहिलेसम्म चल्छ, थाहा छैन । तै पनि विश्वले कसरी बसिरहेका छन् भनेर हेर्छ भन्ने आशा उनलाई छ । पहिला घर थियो, भित्ताहरू थिए, सब थोक थियो । तर अहिले उनी टेन्टमा जीवनको आशा लिएर बसिरहेका छन् ।

प्यालेष्टिनी बालिका साहार दलोउल

दलोउलकी छोरी साहार हर क्षण अत्तालिइरहेकी हुन्छिन् । उनी रुँदै भन्छिन्- राति म बाबालाई समातेर सुतेँ । हामी कहाँ जाऊँ । हवाई आक्रमणबाट लुक्ने कुनै ठाउँ नै छैन । अब हामी कसरी बाँच्ने ? हामीलाई बचाउने यहाँ कोही छैन । हाम्रो जीवन डरलाग्दो छ ।

छोरीको पीडा सुनेर असहाय दलोउल थप्छन्, ‘हामीलाई बचाइनु पर्छ, अन्य सबै देशजस्तै हामीसँग पनि सुरक्षित र शान्तिका साथ बाँच्नका लागि एउटा देश हुनु पर्छ, हामीहरू शान्तिका पक्षधर हौँ, युद्धका होइनौँ ।’

दलोउलले भने झैं प्यालेष्टिनीलाई पनि आफ्नो क़देश चाहिन्छ । दशकौंदेखिको इजरायल प्यालेष्टिनी द्वन्द्वको एकमात्र निकास-“दुई राज्य समाधान” नै हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *