कैलालीबाट डोटी जाँदै गरेको बस दुर्घटना

News

धनगढी। कैलालीबाट डोटीको बड्डीकेदार जाँदै गरेको बस दुर्घटना भएको छ । कैलालीको जोशीपुरदेखि डोटीको बडिकेदार जाँदै गरेको सु.प.प्र.०१००१ख २३४५ नम्बरको बस सहजपुर नजिकै दुर्घटना भएको प्रहरीले जनाएको छ।

सुपर गुरास यातायातको बस चुरे गाउँपालीका ३ सहजपुरमा दुर्घटना प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरीयाले जनाएको छ। प्रहरीका अनुसार बस अनियन्त्रीत भएर सडकको नालामा खसेको हो । बसमा सामान्य क्षती भएपनी सवार यात्रु सकुशल रहेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *