महिला कर्मचारीसँग दुबईमा हाकिमको मस्ती

Uncategorized

काठमाडौं – दशैंको चटारोले आन्तरिक र अन्तर्राष्ट्रिय उडानहरु भरिभराउ छन् । पर्यटकहरु नेपाल घुम्न आउने समय सुरु भएकोले पनि आन्तरिक र बाह्य उडानहरु भरिभराउ भएको हो । तर, नेपालको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा भने हावा खाएर बसेको छ ।

निगमसँग भएका जहाजहरु चुस्तदुरुस्त राखेर दशैंको बेला व्यापार प्रवद्र्धन गर्नुपर्नेमा कार्यकारी अध्यक्ष युवराज अधिकारी निगमका एकजना महिला कर्मचारीलाई लिएर यतिबेला दुबईमा मस्ती गरिरहेका छन् ।

images
ती महिला कर्मचारीलाई अध्यक्ष अधिकारीले सँगै किन लैजानुप¥यो भनेर निगमकै कर्मचारीहरुले अधिकारीको नियतमाथिम प्रश्न गरेका छन् । निगम कर्मचारीका अनुसार ती महिला कर्मचारीसँग उनको पहिलादेखि सम्बन्ध थियो ।

अधिकारीले राति–राति म्यासेज पठाएर ती महिला कर्मचारीलाई हैरानी गरेको विषय पनि मिडियामा आएको थियो । त्यसो त यौनजन्य क्रियाकलापमा निगमका महिला कर्मचारीहरुले अधिकारीविरुद्ध महिला आयोगमा मुद्दा दायर नगरेका पनि होइनन् ।

अहिले तिनै महिला कर्मचारीलाई लिएर दुबई गएको घटनाले अर्को रहस्य बाहिरिएको छ । स्रोतका अनुसार निगमको दुबई कार्यालयमा करिब ४ करोड रुपैयाँ घोटाला भएको छ । सुरुमा ती महिला कर्मचारीसँग सेटिङ गरेर उक्त घटना अधिकारीले गुपचुप राखे । तर एक कान दुई कान मैदान हुँदै उक्त घोटाला बाहिरिएपछि आफू पनि मुछिने डरले हतार–हतार अध्यक्ष अधिकारीले ती महिला कर्मचारीलाई सँगै लिएर दुबई पुगेको स्रोतको भनाइ छ ।

स्रोतका अनुसार दुबईका स्टेशन मेनेजर कमलप्रकाश पौडेल, कन्ट्री मेनेजर अस्मिता सुवेदी र फाइनन्स मेनेजर सुरेश यादव मिलेर ४ करोड रुपैयाँ घोटाला भएको छ । एक वर्ष अगाडि अधिकारी आफैँले जनही १५–२० लाख असुलेर दुबई पठाएका कर्मचारीहरुले गरेको घोटाला बाहिर आएमा आफू फस्ने डरले भित्रभित्रै हिसाब मिलाउन फाइनान्समा कार्यरत उक्त महिलालाई लिएर गएको निगम स्रोतले बताएको छ ।

चरित्रहीन भ्रष्ट अधिकारीले नयाँ जहाज किनेर करोडौं कमिशन बुझाउने प्रलोभन दिएपछि बालुवाटार पनि मख्ख छ । पर्यटनमन्त्री सुदन किरातीले समेत ¥याल काढ्दै छन् । मन्त्री किरातलिे दिनदिनै नयाँ जहाज किन्ने घोषणा गरिरहेका छन् ।

एक वर्ष अगाडि मन्त्रिपरिषद्बाट बर्खास्त भएका अधिकारी बालुवाटारलाई करोडौं कमिशनको प्रलोभन र न्यायालयमा सेटिङ गरेर अहिलेसम्म पदमा टिकिरहेका छन् । उनको अन्तरिम आदेशमाथि सर्वोच्चले अहिलेसम्म छिनोफोनो लगाएको छैन । दृष्टिबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *