घरमा खेल्दाखेल्दै हराएकी भोजपुरकी ७ वर्षीया बालिकाकाे बलात्कारपछि हत्या

News

भोजपुर / घरमा खेल्दाखेल्दै हराएकी भोजपुरकी ७ वर्षीया बालिकाे बलात्कारपछि हत्या भएकाे छ । भोजपुरको आमचोक गाउँपालिका ६ थुन्कीका देवचन्द्र राईकी ७ वर्षीया छोरी आकृतिकाे बलात्कारपछि हत्या गरिएकाे छ । प्रहरीले खोजतलास गर्दा घरभन्दा केही टाढा टेङलुङछुकस्थित खाेलाको गुफामा मृत फेला परेकी थिइन् ।

बालिकाको शव गुफाको पानीमुनि तल्लो भागको कपडा खोलिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । बालिका हराएको सूचना पाएपछि प्रहरीले स्थानिय दिपचन्द्र राईलाई नियन्त्रणमा लिएको छ ।

नाबालिका हराएको खबर प्राप्त पछि दिपचन्द्र आफैं प्रहरीसँग खोजी गर्न भनेर समेत हिँडेका थिए । प्रहरीले उनको शरीरमा हेर्दा ढाडमा चिथोरेका घाउहरू भेटिएपछी प्रहरीले उनिमाथी शंका गरेकाे थियाे । पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *