उपचार नपाएर अस्ताए दार्चुलाका १७ बर्षिय निराजन, परिवारका लागी संकलन भयो यति धेरै सहयोग

News

काठमाडौँ । उपचार नपाएर मृत्यु भएका दार्चुलाका १७ बर्षिय निराजन साउँदको परिवारको लागी आर्थिक सहयोग संकलन गरि हस्तान्तरण गरिएको छ । जिल्लाको शैल्यशिखर नगरपालिका ५ बरमुडे चुवाद घर भएका साउँदको आर्थिक अभावका कारण उपचार नपाएर मृत्यु भएको थियो ।
घरको जेठो छोरा रहेका उनी १२ बर्षको उमेरदेखि भारतमा मजदुरी गर्दै आएका थिए । केही समय अगाडी घर आएका उनी एक्कासी बिरामी परेर थलिएका थिए । घरको आर्थिक अवस्था कमजोर हुँदा समयमा उपचार नपाउँदा छोराको मृत्यु भएको निराजनका बुवा मदन साउँदले बताए ।
साउँदको किरिया गर्नका लागी समेत आर्थिक अभाव देखिएपछि सहयोग संकलन अभियान थालिएको थियो ।

अभियानबाट संकलित १ लाख ६५ हजार एक औपचारिक कार्यक्रम आयोजना गरि मृतकको परिवारलाई हस्तान्तरण गरिएको कार्यक्रममा सञ्चालक समेत रहेका नेपाल विद्यार्थी संघ दार्चुलाका सहसचिव कृष्ण सिह रावलले बताए । जसमा नजिकको साथी मिडिया प्रालीका सञ्चालक तथा समाजसेवी अर्जुन बहादुर बिष्टले सबैभन्दा धेरै १० हजार सहयोग गरेका छन् ।
साउँदको मृत्युभएपछि नेपालमा स्थानिय महेश डांगा र हरक रावल तथा भारतमा करबिर डागा र प्रेम साउँदले आर्थिक संकलन अभियान सञ्चालन गरेका थिए । मृतक साउँदका ४ जना भाई बहिनि रहेका छन् । उनीहरुमध्ये पनि एक बहिनि अपांग रहेको बताईएको छ । अहिलेसम्म उनको अपांगता परिचयपत्र नहुँदा अपांगता भत्ता पाउनबाट समेत वञ्चित रहेकोमा वडा कार्यालयले अहिले अपांगता परिचय पत्र बनाई दिएर भत्ताका लागी प्रकृया अगाडी बढाएको समेत बताईएको छ ।

मृतक साउँदको परिवारका लागी जिल्लामा अहिलेसम्मकै धेरै रकम संकलन भएको भन्दै मृतकका बुवाले देश बिदेशबाट सहयोग गर्ने सम्पुर्णमा धन्यवाद ब्यक्त गरेका छन् । दशैको मुखैमा दशा लागेको परिवालाई केही मात्रामा भएपनि संकलित रकमले राहत पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *