वीरगंजमा एक महिलाकाे छुरा प्रहार गरि हत्या

News

वीरगंज । पर्सामा छुरा प्रहार गरि एक महिलाकाे हत्या भएकाे छ । छुरा प्रहारबाट वीरगंज महानगरपालिकाकाे वडा नं. १४ बहुअरी निवासी ३५ बर्षिय महिमा खातनुकाे ज्यान गएकाे प्रहरीले जनाएकाे छ ।

शनिबार राति ९ बजे श्रीमानकाे छुरा प्रहारबाट गम्भिर घाइते भएकी महिमाकाे आज (आइतबार) विहान १० बजे मृत्यु भएकाे हाे । छुरा प्रहारबाट गम्भिर घाइते महिमाकाे वीरगंज हेल्थ केयरमा उपचार क्रममा मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरिक्षक (डिएसपी) ध्रुव कुमार श्रेष्ठले जानकारी दिए ।

मृतककाे शव पाेष्टमार्टमकाे लागि वीरगंजस्थित नारायणी अस्पतालमा राखिएकाे उनले वताए । घटना बारे अनुसन्धान भइरहेकाेले थप विवरण पछि पत्रकार सम्मेलन गरेर जानकारी गराइने डिएसपी श्रेष्ठले वताए ।

छुरा प्रहार गर्ने आराेपति श्रीमान ४५ बर्षिय इजहारुल हक अंसारी फरार रहेकाे प्रहरीले जनाएकाे छ । घटनामा सलंगन इजहारुलकाे जेठी श्रीमती ४० बर्षिय नुर जहान खातुनलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ ।

मृतक महिमा इजहारुलका कान्छि श्रीमती हुन् । जेठी श्रीमतीसंग बालबच्चा नभएपछि इजहारुलले जिल्ला बारा कलैया उपमहानगरपालिकाको घुसुकपुरुवा निवासी मृतक महिमासंग विवाह गरेका थिए । महिमाकाे एउटा ३ बर्षिय छाेरी र एक बर्षिय छाेरा रहेका छन् ।

वीरगंज कै राधे‍माईस्थित ब्युटीपार्लर संचालन गर्दै आएकी मृतक महिमा केही समय पहिला श्रीमान इजहारुल विरुद्ध अदालतमा अंशकाे मुद्दा दिएकी थिइन । मुद्दा हाल विचारधिन अवस्थामा रहेकाे उनका आफन्तजनले जनाएका छन् ।

घटनाको जानकारी लगतै प्रहरी चौकी गण्डकबाट खटिएको प्रहरी टोलिले घटना स्थलबाट हत्यामा प्रयोग भएको छुरा समेत बरामद गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *