पुराना नोट र सिक्का बेचेर करोडपति बन्नुस्। नेपाली पुराना नोटको मूल्य करोडौं !!

News

यो पनि
अध्ययनका लागि बेलायत पुगेकी दोलखाकी एक विद्यार्थीको कर्मचारीको लापरबाहीका कारण मृत्यु भएको तथ्य बाहिर आएको छ । दोलखा जिल्ला मेलुङ गाउँपालिका–३, घर भएकी २२ वर्षिया सदीक्षा तामाङको एम्बुलेन्सका कर्मचारीको लापरबाहीका कारण मृत्यु भएको पाईएको हो ।

सदीक्षाको मृत्युबारे लन्डनको मिल्टन केन्स कोरोनर्स कोर्टमा झण्डै ७ घण्टा लामो सुनुवाइ भएको थियो । कोर्टका सिनियर कोरोनर टोम असबर्नले घट्नामा एम्बुलेन्स कर्मचारीको लापरबाही देखिएको समयमै अस्पताल लगिएको भए सदीक्षाको मृत्यु नहुने अनुसन्धानको निष्कर्ष सुनाएका छन् । गत १९ मेदेखि थालिएको अनुसन्धान प्रतिवेदन १५७ पेज लामो छ ।

अत्यधिक ज्वरो आएर विरामी परेपछि गत ७ मे २०२३ एम्बुलेन्समा आएका एक कर्मचारीले आफ्नी छोरी प्रेगनेन्ट रहेको भन्दै नजिक जान सक्दिन भनेर वेवास्ता गरेको बताईएको छ । अर्को पारामेडिकले सदीक्षाको स्वास्थ्य जोखिम स्कोर ६ देखाए । तर, रिस्क स्कोर ७ थियो । मेडिकल गाइडेन्समा ६ स्कोरमा पनि निलो बत्तिमा सकेसम्म छिटो अस्पताल लानुपर्ने थियो ।

यद्यपि, पारामेडिकले सिटामोल दिएर ४८ घण्टामा निको भएन भने अस्पताल लैजाउंला भनेर घरमा नै डिस्चार्ज गरे । त्यसरी मेडिकल गाइडेन्समा पारामेडिकले डाक्टरको अनुमति बिना डिस्चार्ज गर्न पाइने नियम छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *