हजुरबाले दिएनन् नाति कुट्न, छोराले रड हानेर लिए ज्यान !

News

सिन्धुली । बुधबार राती आफ्नै छोराले बाबुलाई रडले हानेर हत्या गरेका छन । हरिहरपुरगढी गाउँपालिका १ शिखरडाँडाका ३२ वर्षिय दावा घिसिङले ७२ वर्षीय बाबु बुद्धिमान घिसिङको रडले टाउकोमा हानेर हत्या गरेका हुन ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीले दावाले आफ्नै बाबुको फलामको रडले टाउकोमा प्रहार गरि हत्या गरेको बताए । मदिरा सेवन गरेका दावाले छोरालाई कुटपिट गर्न खोजेपछि बुद्धिमानले नातीलाई कुट्न नदिदा बाबुलाई रड प्रहार गरेको परिवारले जनाएको छ ।

बाबुको हत्या गरी फरार भएका दावालाई विहीबार दिउँसो इलाका प्रहरी कार्यालय कर्मैया सर्लाहीले बाग्मति नगरपालिका–११ र चन्द्रनिगाहापुर नगरपालिका १ रौतहटको सिमानामा पर्ने नुनथर ड्यामबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ

मृतक बुद्धिमानको शव पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र कपिलाकोटमा लगिएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *