झापाको भगवती प्लाइ उद्योगमा तीन घन्टादेखि आगलागी

News

१० वटा दमकल प्रयोग गरी आगो निभाउने प्रयास जारी
सेतोपाटी संवाददाता
सेतोपाटी संवाददाता
विराटनगर, फागुन २८

तस्बिरः राजु अधिकारी/सेतोपाटीतस्बिरः राजु अधिकारी/सेतोपाटी

झापाको भगवती लेमिनेट्स प्रा.लिमा आगलागी भएको छ।

मेचीनगर नगरपालिका-१५ ज्यामिरगढीस्थित प्लाइउड उद्योगमा बिहान पाँच बजेदेखि सुरू भएको आगलागी अहिलेसम्म नियन्त्रणमा आएको छैन।

आगो निभाउन १० वटा दमकलसहित नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ। आगलागी भएको तीन घन्टा हुन लाग्दा पनि आगो नियन्त्रणमा आएको छैन।

Laxmi bank
अहिले भित्रि भागमा आगो बलिरहेको छ। सुरक्षाकर्मीहरू दमकलको सहायताले आगो निभाउन प्रयासरत छन्।

भगवती लेमिनेट्स झापाकै ठूलोमध्येको प्लाइउड उद्योग हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *